आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदान स्थलमध्ये ६२ मतदान स्थल अति संवेदनशील रहेका छन् ।
झापाका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन कार्य सुरु भएको छ । झापाको क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा पनि उम्मेद्वारको मनोनयन दर्ता सुरु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत यहाँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा झापामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको आज स्थलगत अवलोकन गर्नुभएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिनुभएका महावीर पुन म्याग्दीबाट उमेदवार दिनु भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मङ्गलबार बेनीस्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
लामो समय नेपाली कांग्रेसबाट राजनीति गर्नु भएका कैलालीको धनगढी निवासी प्यारेलाल रानाले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
दार्चुलामा पहिलो मनोनयन पत्र दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ ।
नेपाली कांग्रेसले मङ्गलबार दिउँसो १ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ बजे मनोनयन गर्दा गर्ने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तिव्र पारेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको क्षेत्र नं. ४ बाट उम्मेदवारी दिनुहुने भएको छ । कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रामआश्र साहले पार्टी सभापति थापा मनोनयन दर्ता गर्न सर्लाही आउन लाग्नुभएको गोरखापत्र अनलाइनलाई पुष्टी गर्नुभयो ।
स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु. दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य मङ्गलबार पनि बढेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिनुभएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ ।
नेपालको संविधानबमोजिम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसी पेट्रोल पम्प अगाडि पथलैया–हेटौंडा सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।