डोटीको सायल गाउँपालिका –२ मा घर लिप्नका लागि माटो खनिरहेको समयमा माटोको ढिस्को खस्दा पुरिएर एक बालिकाको ज्यान गएको छ ।
लमजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य राजनीतिक दलको तुलनामा दोब्बरभन्दा बढी मत प्राप्त गरेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन तथा ब्यवस्थापन केन्द्र बनाउने भएको छ ।
प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ ।
बेनीमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकलाई ट्राफिक नियम सिकाउनका लागि प्रहरी र विद्यार्थीको सहकार्य शुरु गरिएको छ ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ ।
घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको हो ।
आँपको राजधानी मानिने सप्तरीमा यसवर्ष आँपको उत्पादनमा वृद्धि हुने भएको छ ।
पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ झन्डै एक लाख मत प्राप्त गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पाँच जना जुवाडेलाई नगद ९९ हजार ८ सय ५५ रुपियाँ र एक बुक ताससहित नियन्त्रणमा लिएका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेकको छतबाट खसेर यहाँ कार्यरत प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ ।
पुराना र स्थापित दलहरूलाई पन्छाउँदै प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशमा अप्रत्याशित जित हासिल गरेको छ ।