भक्तिविलास पोखरेल
गाईघाट, वैशाख १३ गते । उदयपुरको लिम्चुङबुङ गाँउपालिका वडा ५ चौलाने बस्ने ५१ वर्षीय रामशेर राई रौतामाई गाउँपालिकाको वडा ३ को भदौरेस्थित सुनकोशीको किनारमा मृत अवस्थामा फेला परेका छन् ।
पाँच दिनअघि निज सहित अन्य ८ जना सुनकोशी नदीमा माछा मार्न जानेक्रममा लिम्चुङबुङ गाँउपालिका वडा ४ सानरलुङस्थित सुनकोशी नदीबाट उहाँ बेपत्ता हुनुभएकोमा प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रौतामाई गाँउपालिका वडा ३ भदौरे स्थित सुनकोशी नदी किनारामा आज अपरान्ह निजको लास फेला परेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सहितको टोली खटिई गई आवश्यक कानुनी प्रकिया पुरा गरी जिल्ला अस्पताल उदयपुरमा पोष्टमार्टम गरे पश्चात मृतकको छोरा जापान राईले जिम्मा दिइएको र यस घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।