• १३ वैशाख २०८३, आइतबार

पोखरीमा डुबेर एकको मृत्यु

blog

प्रवीण कुमार शर्मा 

रौतहट, वैशाख १३ गते । रौतहटमा आइतवार पोखरीमा डुबेर एक बालककोे मृत्यु भएको छ ।

दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरास्थित ब्रह्मस्थान नजिकको पोखरीमा डुबेर एक पाँच वर्षीय बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ ।

मृत्यु हुनेमा  दुर्गा भगवती –१ गंगापिपराका गौरीशंकर साह कलवारका पाँच वर्षीय छोरा कृष साह रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गंगापिपराका अनुसार साँझ करिब ६ बजेतिर नुहाउन गएका कृष पोखरीमा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्काल खोजी कार्य  सुरु गरेको थियो ।

करिब ४५ मिनेटको निरन्तर खोजीपछि कृषलाई पोखरीबाट उद्धार गरिएको दुर्गा भगवती गाउँपालिका वडा १ का वडा अध्यक्ष प्रद्युमन चौधरीले जानकारी दिनुभयो । उद्धारपश्चात् कृषलाई उपचारका लागि स्थानीय अस्पतालमा लगीए  पनि चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनुभयो।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।