नेकपा (एमाले) का उपाध्यक्ष एवं निवर्तमान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मनोनयन दर्ता गर्नु भएको छ । मङ्गलबार दिउँसो एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले प्रस्तावक र सचिवालय सदस्य युवराज अधिकारीको समर्थनमा उहाँले मनोनयन दर्ता गर्नुभएको हो ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदातालाई मतदान गर्न जाँदा परिचय पत्र बोक्न अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी संविधान सभा निर्वाचनलाई मध्यनजर गर्दै सर्वसाधारणलाई हातहतियार तथा खरखजाना बुझाउन आग्रह गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ। दाङ क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनुभएको हो ।
नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
नेपाली कम्युनिस्ट पार्टी सह संयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट साढे ४ बजेसम्म २ हजार १७ जनाले मनोनयन दर्ता गर्नु भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मनोनयन दर्ताको क्रम साँझ ५ बजेसम्म कायम गरिएकाले उम्मेदवारी दर्ताको क्रम जारी रहेको छ ।
वालिङ नगरपालिका–७, ढोडेपानीमा लु. ३ च. ५१७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा सात तलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा राजनीतिक दलले मनोनयन दर्ता गरेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)बाट दाबा लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा (एमाले) तथा मजदुर नेता विनोद श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र १० मा उम्मेदवारी दर्ता गर्नु भएको छ । आज दिउँसो १ः३० बजे कीर्तिपुरस्थित निर्वाचन अधिकृको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराउनु भएको छ।
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रेम आले र नेपाली कांग्रेस पार्टीबाट नरनारायण शाह मनुले उम्मेदवारी दर्ता गराउनु भएको छ।