• १६ वैशाख २०८३, बुधबार

कास्कीमा प्रहरी वरिष्ठ हवलदार घुस रकमसहित पक्राउ

blog

पोखरा, वैशाख १४ गते । जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री घुस रकमसहित पक्राउ पर्नुभएको छ ।

लागु औषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस–रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार प्रहरी वरिष्ठ हवलदार थापा क्षेत्रीले सेवाग्राहीसँग मागेको पचास हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा शनिबार उक्त रकमसहित नियन्त्रणमा लिइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

पक्राउ परेका थापा क्षेत्रीमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।