शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, वैशाख १४ गते ।युवतीलाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
२० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका–२ का ३१ वर्षीय सुरेश अवस्थीलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको सन्जोग होटलमा जबरजस्तीकरणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उहाँलाई पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइरहेको छ ।