• १४ वैशाख २०८३, सोमबार

धनगढीको टोली अपी बेस क्याम्पको पदयात्रामा

blog

नगर प्रमुख गोपाल हमाल नेतृत्वको पदयात्रा टोली ।

अविनाश चौधरी 

धनगढी, वैशाख १४ गते । कैलालीमा रहेको धनगढी उपमहानगरपालिकाको ३० सदस्यीय टोली दार्चुलामा रहेको अपी हिमाल बेस क्याम्पको पदयात्रामा निस्केको छ । 

सुन्दर सुदूरपश्चिमका अभियनता एवं धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको नेतृत्वमा धनगढी उपमहानगरपालिकाको टोली पदयात्रामा निस्केको हो । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ भन्ने नारासहित सुदूरपश्चिम चिनाउने अभियानका लागि टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।  

टोलीमा उपप्रमुख कन्दकलाकुमारी राना पनि रहनुभएको छ । यो प्रदेशको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले दार्चुलास्थित अपी हिमाल बेस क्याम्पको यात्रा तय गरेको जनाइएको छ । टोलीलाई धनगढीमा बाजागाजासहित भव्य बिदाइ गरिएको छ । 

१० दिनसम्मको कार्यतालिका रहेको टोलीले आधार शिविरसम्म पदयात्रा गर्ने नगर प्रमुख हमालले जानकारी दिनुभयो । यस पदयात्राले सुदूरपश्चिम प्रदेशको ओझेलमा रहेका पर्यटकीय सम्भावना उजागर हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।