• १४ वैशाख २०८३, सोमबार

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

blog

सोमबार पार्टी मुख्यालय सानेपामा सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख १४ गते । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी संंसदीय दलका नेता चेयनबारे सर्वसम्मत निर्णय गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसभित्र पार्टी संसदीय दलको नेतामा भिष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीलगायतका सांसदहरुले दाबी गरेपछि त्यसलाई सहमतीमा टुङ्गो लगाउन पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्य दल नै गठन गरिएको थियो ।

कार्य दलले सो बैठकमा सुझाव पेश गर्ने र पार्टी सभापति गगनकुमार थापाले सो सम्बन्धमा आवश्यक निर्णय लिने नेताहरुले बताएका छन् ।