शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पाटन (ललितपुर), वैशाख १४ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठुलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गर्नुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले सुकुमवासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताउनुभयो ।
“सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्” उहाँले भन्नुभयो ।
महामन्त्री पौडेलले सुकुमवासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको धारणा नभएको र सबै सुकुमवासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताउनुभयो । रासस