शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १६ गते । विभागीय टोली नेपाल पुलिस क्लब पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार भएको विभागीय डर्बीमा पुलिसले एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले २१–२५, २५–१९, २९–२७, २५–२१ को जित निकाल्यो ।
पुलिसले फाइनलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग खेल्ने छ । पुलिसले फाइनलअघि न्यु डायमन्डसँग नै लिगको अन्तिम खेल खेल्ने छ ।
महिलातर्फ बुधबार नै भएको लिगको अर्को खेलमा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो ।