शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १४ गते । चीनको सान्यामा जारी छैटौँ एसियन बिच गेम्स–२०२६ अन्तर्गत महिला बिच कबड्डीमा नेपालले कांस्य पदक जितेको छ ।
नेपाल सेमिफाइनलमा श्रीलङ्कासँग ४६–४३ ले पराजित भयो । अर्को सेमिफाइनलमा भारतले बङ्गलादेशलाई हरायो ।
फाइनलमा भारतले श्रीलङ्कालाई ४७–३१ ले हराउँदै स्वर्ण जितेको छ । श्रीलङ्काले रजत र बङ्गलादेशले कांस्यमा चित्त बुझायो ।