शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इनरुवा (सुनसरी), वैशाख १४ गते । भारतीय बजारबाट भन्सार छली गरेर ल्याइएका रु तीन लाख १८ हजार छ बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ ।
जाँचका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण सुनसरीले उक्त मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले विशेष निगरानी तथा गस्ती अभियानका क्रममा भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएका सामग्री नियन्त्रणमा लिएको जानकारी दिनुभयो । लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान तथा रजनीगन्धा लगायत वस्तु नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाइएको छ । रासस