• ११ कात्तिक २०८२, मङ्गलबार

घाँस काट्न गएकी महिला बेपत्ता

blog

यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया) कात्तिक ११ गते ।
बर्दियाको मधुवन नगरपालिका– ३ भगरैयाकी ४५ वर्षीया कमला नेपाली बेपत्ता हुनुभएको छ ।  गाई बाख्राका लागि घाँस काट्न सोमबार दिउँसो भगरैया सामुदायिक वनमा जानुभएको नेपाली साँझसम्म घर नफर्केपछि खोजी सुरु भएको छ ।

नेपाली घाँस लिएर घर नफर्केपछि सोमबार साँझदेखि खोजी सुरु भएको मधुवन नगरपालिका– ३ का वडाध्यक्ष नारायण मल्लले बताउनुभयो । उहाँका अनुसार प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी लगायतको टोलीले खोजी गरिरहेको छ ।

सो क्षेत्रमा पाटेबाघको गतिविधि देखिएको स्थानीयले बताएका छन् । बेपत्ता नेपालीलाई बाघले आक्रमण गरेको हुन सक्ने स्थानीयवासीले आशङ्का गरेका छन् ।