• ११ कात्तिक २०८२, मङ्गलबार

स्वास्थ्य संस्थालगायत आधारभूत सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती

blog

छथर जोरपाटी गाउँपालिका धनकुटा । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी 
धनकुटा, कात्तिक ११ गते ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा स्वास्थ्य उपचारलगायतका आधारभूत सेवा ठप्प हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।

वडा नम्बर २ र ५ का ४ वटा स्वास्थ्य संस्था हप्तौंदेखि बन्द हुँदा सर्वसाधारणले उपचार र सिटामोलसमेत खान नपाएको स्थानीय कमला लिम्बूले बताउनुभयो ।

स्वास्थ्य चौकीमा रगत दिसापिसाब जाँच्ने प्रयोगशाला र बर्थिङ सेन्टरमा २४ घण्टे अनमीको अभाव छ । यसैगरी, पालिकामा सूचना प्रविधि, पञ्जीकरण, रोजगार, राजस्व, फोहोरमैला व्यवस्थापनलगायतका काम सुचारू हुन सकेको छैन ।

उल्लेखित वडाहरूमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

सरकारले सामुदायिक विद्यालयहरूका करार र ज्यालादारी, अस्थायी शिक्षक, कर्मचारी हटाएका कारण पठनपाठनमा समस्या हुँदा बालबालिकाको भविष्य अन्धकार हुने आशङ्काले अभिभावक चिन्तित छन् ।