ओखलढुङ्गाको भदौरेमा मगर दम्पती को विभत्स हत्या
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६, भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ ।
नाबालिका बलात्कार आरोपमा किशोर पक्राउ
विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् ।
बहुविवाह मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
बहुविवाह मुद्दामा कैद तथा जरिवानाको फैसला भएपश्चात फरार रहेकी एक महिला प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
छिमेकीलाई कुटेर सुन लुट्ने महिला पक्राउ
छिमेकीको सुन लुटेर फरार भएकी पाँचथरको याङवरक गाउँपालिका-५ निवासी ५२ वर्षीय धनमाया सेलिङलाई प्रहरीले पक्राउ गरेको छ ।
छोराकाे हत्या आरोपमा आमा पक्राउ
चार वर्षीय नाबालक छोराको हत्या आरोपमा राजविराज नगरपालिका-१, चनौरा पडरियाकी काजलकुमारी साफी पक्राउ परेका छन्।
मोरङमा एम्बुलेन्सबाट गाँजा तस्करी, हवाई फायरमा दुई पक्राउ
मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागूऔषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ ।
नख्खुबाट भागेका एक कैदी पक्राउ
जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् ।
करिब १३ लाख बराबरको अवैध सुर्ती बरामद
स्याङ्जा प्रहरीले करिब १३ लाख बराबरको अवैध सुर्ती बरामद गरेको छ । चेकचाँज गर्ने क्रममा प्रदेश ३–०१०२३ च. ८७५२ नम्बरको सुजुकी ईको भ्यानबाट बिल नभएको अवैध सुर्ती बरामद गरिएको प्रहरीले जनाएको छ ।
लिसाइलो पदार्थसहित तीन जना पक्राउ
सप्तरी प्रहरीले लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।
सप्तरीमा वर्षीया बालिकामाथि जवरजस्ती करणी
सप्तरीमा एक बालिकामाथि जवरजस्ती करणी भएको छ । राजविराज नगरपालिका वडा नम्बर ८ मा बालिकामाथि जवरजस्ती करणी भएको हो ।
टेरामक्स प्रकरण : विशेषले सर्वोच्चसँग माग्यो आदेशको प्रतिलिपि
विशेष अदालतले टेरामक्स प्रविधि खरिद प्रकरणसम्बन्धी रिटमा सर्वोच्चले जारी गरेको आदेशको प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत विपक्षी रहेको उक्त मुद्दाको सुनुवाइका क्रममा विशेष अदालतले विवादसँग सम्बन्धित रिटमा सर्वोच्चले जारी गरेको आदेश माग गरेको हो । दूरसञ्चार प्राधिकरणले खरिद प्रक्रिया रद्द गरेको अवस्थामा सर्वोच्च अदालतले प्रक्रिया पुनः प्रारम्भ गर्न आदेश गरेको थियो ।
क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ
प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ ।
मोरङमा गाँजा तस्करी रोक्न हवाई फायर, दुई भारतीय पक्राउ
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मोरङको जहदा गाउँपालिकामा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । घटनामा ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
वीपी राजमार्गबाट लागुऔषधसहित युवक पक्राउ
प्रहरीले बर्दिवास नगरपालिका–३ गौरीडाडाँस्थित वीपी राजमार्गबाट ठुलो परिमाणमा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
केन्द्रीय कारागारबाट फरार कैदीको भारतमा मृत्यु
जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा, काठमाडौँबाट फरार भएका एक व्यक्तिको भारतमा मृत्यु भएको पाईएको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट दुई वर्षकी बालिकाको मृत्यु
सर्लाहीको हरिपुर्वामा शनिबार मध्यान्ह ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका एक जना फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ ।
सप्तरीमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
सप्तरी प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
अवैध पेट्रोल बेच्ने पक्राउ
अवैध रूपमा अति प्रज्वलनशील पदार्थ (पेट्रोल) को सञ्चय तथा बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
यातायात कार्यालयबाट चौध जना बिचौलिया पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन वटा छुट्टाछुट्टै यातायात कार्यालयमा छापा मारी १४ जनालाई पक्राउ गरेको छ ।
वेस्ट ब्याङ्कमा इजरायलद्वारा प्रस्तावित नयाँ बस्तीको चौतर्फी आलोचना
विभिन्न १४ वटा राष्ट्रले इजरायली सुरक्षा मन्त्रिपरिषदले वेस्ट ब्याङ्कमा प्रस्तावित १९ वटा नयाँ बस्तीलाई स्वीकृति दिएकोमा आलोचना गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै बेलायत, स्पेन, फ्रान्स, जर्मनी, क्यानडा,जापानलगाएतका देशले आलेचना गरेको जनाइएको छ ।
चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी आज सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सलवादी विद्रोहीको मृत्यु
पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोही मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् ।