सप्तरीमा चार जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयनको क्रममा सप्तरीमा विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ
काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ ।
तत्कालीन सचिव र कार्यालय सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाहीको साविक हरिपूर्वा गा.वि.स. का तत्कालीन सचिव रामप्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बङ्गलादेशमा हसिना शासनकालमा २८७ जनाको मृत्यु, मानव अधिकार उल्लङ्घनको आशङ्का
बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २८७ जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
स्रोत नखुलेको रकमसहित एक भारतीय महिला पक्राउ
रौतहटबाट स्रोत नखुलेको दुई लाख ५० हजार तीन सय ६० रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सप्तरीमा फरार सात प्रतिवादी पक्राउ
सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ ।
हत्या आरोपमा चार युवा पक्राउ
ओखलढुङ्गामा घटेका दुईवटा विभत्स हत्या तथा लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार कार चालक पक्राउ
हेटौँडामा ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–५, गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेका छन् ।
वन हेरालु हत्या प्रकरण : भेटिएन टाउको, एक जना पक्राउ
सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरमा वीभत्स हत्या गरिएका वन हेरालु (चौकीदार) को टाउको आइतबार बिहानसम्म पनि फेला पर्न सकेको छैन ।
सप्तरीमा ह्याकर समूह सक्रिय
जिल्ला प्रहरी कार्यालय सप्तरीले पछिल्लो समय जिल्लामा ह्याकर समूह सक्रिय रहेको जनाएको छ । पछिल्लो केही समयता ह्याकर गिरोह सक्रिय भएकाले सबैलाई सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।
लेबननमा इजरायली सेनाको गोली प्रहार, सुरक्षा उल्लङ्घनको आरोप
इजरायली सेनाले दक्षिण लेबननमा शान्ति सैनिकको नजिक दुई पटक गोली चलाएको भन्ने कुरा संयुक्त राष्ट्र अन्तरिम फोर्स इन लेबनन (युनिफिल)ले शुक्रबार जनाएको छ ।
भारतीय सुरक्षा बलद्वारा १४ जना माओवादी विद्रोहीको हत्या : प्रहरी
भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने अभियानका क्रममा भारतीय सुरक्षा बलले शनिबार दुई झडपमा १४ जना माओवादी विद्रोही लडाकुको हत्या गरेको प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा फरार तिवारी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।२०८० चैत ११ गते पुतलीबजार नगरपालिका वडा नम्बर–१३ बस्ने १५ वर्षीया बालिकाको मृत्यु भएको घटनाको सम्बन्धमा प्राप्त जाहेरीको आधारमा घटना पश्चात फरार रहेका स्थानीय ४४ वर्षीय राजेन्द्र प्रसाद तिवारीलाई पक्राउ गरेको हो ।
एक सय १५ थान भरुवा बन्दुक बरामद
जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान अवैध भरुबा बन्दुक बरामद गरेको छ ।
धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुई पक्राउ
तनहुँको व्यास नगरपालिका–१२ मा एक युवकलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कास्की कारागारबाट भागेका दुई कैदी लमजुङबाट पक्राउ
कास्की कारागारबाट भागेका दुई जना कैदी लमजुङबाट पक्राउ परेका छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका दुई जना प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरेको हो ।
६५ लाख नगद र गहनासहित एक जना फक्राउ
प्रहरीले ६५ लाख नगद र गहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन
ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।
अपरिचित समूहको गोलीबाट साहको मृत्यु : सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
धनुषामा अनलाइन ठगी गर्ने गिरोह पक्राउ
धनुषा प्रहरीले वालेट खातमार्फत अनलाइन ठगी गर्ने ६ जना गिरोहलाई पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा डिजिटल वाटेलमार्फत क्यूआर कोड दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्दै आएको एक गिरोहलाई पक्राउ गरेको जनाएको हो ।
बीपी राजमार्गबाट खैरो हिरोइनसहित पक्राउ
प्रहरीले बीपी राजमार्गबाट दुई सय ग्राम बढी तौलको खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी राजगढका अध्यक्ष अदालतमा हाजिर
कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका प्रतिवादी ओम प्रकाश मण्डल जिल्ला अदालत सप्तरीमा हाजिर हुनुभएको छ ।
अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु
जिल्लामा अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरी टोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।