शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक ३० गते । गल्याङ् नगरपालिका –९ डुबिनडाँडा कल्लाबारीका युवकलाई एक नाले भरुवा बन्दुक प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्थानीय ३६ वर्षीय रामप्रसाद भट्टराईलाई पक्राउ गरेको हो ।
डुबिनडाँडास्थित कल्लेरीमा हातहतियार देखाई मार्ने धम्की दिएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
आरोपित भट्टराईलाई पक्राउ गरी हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।