शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १ गते । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक कैदीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पोखरा महानगरपालिका –१८ का ३१ वर्षीय सुनिल थापालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
चेक अनादार मुद्दामा सजाय काट्दै आएका थापालाई आइतबार फेदिखोला गाउँपालिका–१ बाट प्रहरीले समातेको हो ।
लुकिछिपी फेदिखोला गाउँपालिका –१ मा बसेको अवस्थामा प्रहरीले सूचनाको आधारमा पक्राउ गरेको हो ।
गत भदौ २४ गते कास्की कारागारबाट भागेका थापालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको चौधरीले बताउनुभयो ।