राधा लुइटेल
पाँचथर, कात्तिक २८ गते । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारबाट प्रहरीले पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मिक्लाजुङ–४ रबि बजार निवासी २६ वर्षीय बाबुराम आङदेम्बे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आङदेम्बेलाइ मिक्लाजुङ गाउँपालिका–४ रबि बजार स्थित एउटा घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख अनिषकुमार कर्णले जाकारी दिनुभयो ।
प्रहरीकाअनुसार जवरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका आङदेम्बे २०८२ असोज २४ गते जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका थिए ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरिक्षक दुर्गा राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरी पाँचथर कारागार पठाएको छ ।
प्रहरीले यसअघि विभिन्न कारागारबाट भागेका ११ जनालाई पक्राउ गरेको थियो । आङदेम्वे पक्राउ परेसँगै अब यो संख्या १२ पुगेको हो ।