हिंसालाई वैधानिकता दिने तालिबानको नयाँ आदेशको राष्ट्रसङ्घद्वारा निन्दा
मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कले अफगानिस्तानमा महिला र बालबालिका विरुद्धको हिंसालाई वैधानिकता दिने तालिबान सरकारको नयाँ आदेशको कडा निन्दा गर्नु भएको छ ।
यातायात कार्यालय प्रमुखसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उत्तर-पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु
उत्तर-पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुई वटा छुट्टै जिहादी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको स्थानीय स्रोतलाई उदृत गर्दै एएफपीले बिहीबार जनाएको छ ।
प्रेस लेखेको गाडी र नक्कली कागजात प्रयोग गरी ठगी गर्ने गिरोह सार्वजनिक
। झापामा 'पैसा देखाएर' ठगी गर्ने गिरोहका ६ भारतीय र एक नेपालीसहित सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
हिंसाबिच विश्वकपमा मेक्सिकोप्रति विश्वास
लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्षले भने आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गर्नु भएको छ ।
लागू औषधिसहित नौ जना पक्राउ
देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरु बुधबार पक्राउ परेका हुन् ।
खैबर पख्तुनख्वामा दुई दिनमा २० जनाको ज्यान गयो
अफगान सीमामा चुलिँदो तनावकैबिच उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो ४८ घण्टाभित्र भएका शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ ।
हिरासतमा रहेका जापानी नागरिकलाई रिहा गर्न माग
जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीसँग आग्रह गरेको छ ।
जापानी पत्रकार इरानमा गिरफ्तार : रिपोर्ट
इरानले जापानी सार्वजनिक प्रसारण कर्ता एनएचकेका तेहरान ब्युरो प्रमुखलाई पक्राउ गरेको मिडिया रिपोर्ट गरेको छ । रिपोर्टले उहाँलाई शिन्नोसुके कावाशिमाको रूपमा नाम दिदै कुख्यात एभिन जेलमा सारिएको जनाएका छन् ।
सन् २०२५ मा पत्रकार हत्याः इजरायलको भूमिका सबैभन्दा ठूलो
सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् । यी घटनामा इजरायलले गाजाबाट रिपोर्ट गर्ने पत्रकारको ठूलो हिस्सा मारिएर सबैभन्दा बढी भूमिका खेलेको देखिएको पत्रकार संरक्षण समिति ९सिपिजे० ले बुधबार जनाएको छ ।
अमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन जना घाइते
संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्तिमार्फत घटना दक्षिण-पश्चिम मिसौरीको हाइल्याण्ड भिलको दक्षिणमा भएको जनाएको छ ।
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
इस्टर बमकाण्डमा पूर्व गुप्तचर प्रमुख पक्राउ
श्रीलङ्काले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट प्रकरणमा देशका पूर्व गुप्तचर प्रमुखलाई पक्राउ गरेसँगै सात वर्षदेखि विवाद र शङ्कामा रहेको घटनाले नयाँ मोड लिएको छ ।
अमेरिकामा नेपालीद्वारा पारिवारिक हत्या, ज्वाइँ घाइते
भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा बसोवास गर्दै आएका एक जना नेपालीले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् ।
लागु औषध गिरोह भिडन्तले विश्वकप पर्यटनमा चिन्ता
सन् २०२६ को फिफा विश्वकपका खेल आयोजना गर्ने तयारीमा रहेको मेक्सिकोमा शक्तिशाली लागु औषध गिरोह विरुद्धको सैन्य कारबाहीपछि भड्किएको हिंसाले पर्यटन क्षेत्र चिन्तित बनेको छ ।
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुङ्गा आक्रमणमा तीन जनाको मृत्यु
अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागु-औषध तस्करी गर्ने डुङ्गालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ ।
लागु औषध ट्रामाडोल र डिकोलिक ट्याब्लेट बरामद
सुनसरीमा एकपछि अर्को स्थानबाट लागु औषध बरामद हुने क्रम जारी रहेको छ ।
तीन बुँदे निर्णय गर्दै सर्वक्षीय बैठक सम्पन्न, कर्फ्यू हटाइने
आइतबारदेखि वीरगन्जमा दुई फरक धर्म समुदायबिचको उत्पन्न तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको सर्वपक्षीय बैठकले तीन बुँदे निर्णय गरेको छ ।
महोत्तरीमा डिजे र मदिरा प्रतिबन्ध
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी महोत्तरीमा डिजे र मदिरा माथि प्रतिबन्ध लगाइएको छ ।
निर्वाचन सुरक्षामा कडाइ : तनहुँमा ११८ जनाले बुझाए हतियार
निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले प्रशासनले गरेको आह्वानअनुसार जिल्लाका ११८ जना नागरिकले आफूसँग रहेका इजाजतप्राप्त हतियार बुझाएका छन् ।
लागुऔषधसहित एक युवक पक्राउ
वालिङ नगरपालिका–६ मिर्दीमा एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले वालिङ नगरपालिका–८ बस्ने २३ वर्षीय नरेन्द्र रनपाललाई शङ्कास्प्द अवस्था हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
खोटाङमा छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ
खोटाङमा १३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेका टेकबहादुर खत्री पक्राउ परेका हुन् ।