• १३ फागुन २०८२, बुधबार

जापानी पत्रकार इरानमा गिरफ्तार : रिपोर्ट

blog

टोकियो, फागुन १३ गते । इरानले जापानी सार्वजनिक प्रसारण कर्ता एनएचकेका तेहरान ब्युरो प्रमुखलाई पक्राउ गरेको मिडिया रिपोर्ट गरेको छ । रिपोर्टले उहाँलाई शिन्नोसुके कावाशिमाको रूपमा नाम दिदै कुख्यात एभिन जेलमा सारिएको जनाएका छन् ।

“एनएचकेमा सधैँ कर्मचारीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएकाले यस समयमा, थप टिप्पणी गर्न असमर्थ रहेको एनएचकेका प्रवक्तालाई उदृत गर्दै बुधबार एएफपीले जनाएको छ । सरकारी प्रवक्ता मसानाओ ओजाकीले जनवरी-२० मा एक जापानी नागरिकलाई हिरासतमा लिइएको तर थप विवरण दिन अस्वीकार गरेको पत्रकारलाई बताउनु भएको छ । 

तेहरानमा स्थानीय अधिकारीले एक जना जापानी नागरिकलाई हिरासतमा लिएको जापानी सरकारले समेत पुष्टि गरेकोे छ । नजर बन्दको मुद्दा बाहिरिएपछि सरकारले इरानी पक्षलाई सम्बन्धित व्यक्तिलाई चाँडै रिहा गर्न आग्रह गर्दै आएको ओजाकीले बताउनु भएको छ । उहाँले पिडितको परिवार र अन्य सम्बन्धित पक्षसँग पनि सम्पर्कमा रहि आवश्यक सहयोग प्रदान गरिरहेको बताउनु भएको छ । रासस/एएफपी