• १३ फागुन २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. २५ औँ संस्करणको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो ? 

सन् २०२६ फेब्रुअरी ६–२२, मिलान–कोर्टिना, इटाली 

मोट्टो : इट्स योर भाइव 

सहभागी राष्ट्र : ९२ 

प्रथम : नर्वे (१८ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४१ पदक) 

द्वितीय : अमेरिका (१२ स्वर्ण, १२ रजत र ९ कांस्य गरी ३३ पदक) 

तृतीय : नेदरल्यान्ड्स (१० स्वर्ण, ७ रजत र ३ कांस्य गरी २० पदक) 

 

२. अभियान रत्न सम्मान, २०८२ बाट सम्मानित हुने कलाकार को हुन् ? 

ख्यातिप्राप्त अभिनेता स्व. सुनील थापा (मरणोपरान्त)

नेपाल फिल्म सोसाइटी, अभियान र ग्लोबल नेपाली फिल्म अवार्ड (एलएलसी) को संयुक्त बैठकले अभिनेता थापालाई मरणोपरान्त सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो । 

ग्लोबल नेपाली फिल्म अवार्डको आगामी समारोहमा थापालाई मरणोपरान्त ग्लोबल दीर्घ साधना सम्मानबाट सम्मानित गरिने निर्णय पनि गरिएको छ । 

आगामी वर्षदेखि प्रत्येक ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण गर्ने निर्णयसमेत गरिएको । 


३. सरकारले ५० करोड रुपियाँमाथिको विदेशी लगानी पनि अब स्वचालित मार्गबाट नै गर्न सकिने गरी नयाँ नियम कहिले ल्याएको हो ? 

विसं २०८२ फागुन ४ (राजपत्रमा प्रकाशित)

सरकारले विदेशी लगानी स्वीकृतिका लागि यसअघि रहेको ५० करोड रुपियाँसम्मको सीमा हटाएर जतिसुकै ठुलो पुँजीको लगानी पनि स्वचालित मार्ग (अनलाइन) बाटै स्वीकृत गर्न सकिने व्यवस्था गरेको छ ।

अनलाइन प्रणालीबाट प्राप्त हुने स्वीकृतिपत्रकै आधारमा कम्पनी, भ्याट तथा प्यान दर्ता प्रकिया सहज हुने छ, जसले गर्दा लगानी प्रस्तावका लागि मात्र उद्योग विभाग धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

२०८१ वैशाखदेखि लागु भएको यस स्वचालित प्रणालीमार्फत आर्थिक वर्ष २०८२/८३ को माघसम्म ९४२ वटा परियोजनामा दुई अर्ब ३४ करोड रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आइसकेको ।

पर्यटनलगायतका अन्य उद्योगका लागि विदेशी लगानीको न्यूनतम सीमा दुई करोड रुपियाँ यथावत् राखिएको छ तर सूचना तथा प्रविधि उद्योगको हकमा भने कुनै न्यूनतम सीमा तोकिएको छैन ।


४. युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, २०२६ कसलाई प्रदान गरियो ? 

नृपेन्द्रलाल श्रेष्ठ 

भारतको नयाँ दिल्लीस्थित भारतीय विद्यापीठ र सार्क जर्नालिस्ट फोरम इन्डिया चाप्टरद्वारा श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको हो । श्रेष्ठसँगै भारतका शशीभूषण कुमारलाई पनि सम्मानित गरिएको छ । 


५. दक्षिण एसियाली मुलुक बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ को हुन् ? 

तारिक रहमान (सन् २०२६ फेब्रुअरी १७)

बङ्गलादेश राष्ट्रिय पार्टी (बिएनपी) अध्यक्ष तारिक रहमान बङ्गलादेशको नयाँ प्रधानमन्त्री बनेका हुन् ।

उनले राष्ट्रपति मोहम्मद शाहाबुद्दिनद्वारा संसद् भवनमा पद तथा गोपनीयताको सपथ लिएका छन् । 

बिएनपी संसदीय दलद्वारा उनलाई सोही दिन बिहान दलको सर्वसम्मत नेता चयन गरिएको थियो । 

सन् २०२६ फेब्रवरी १२ मा सम्पन्न निर्वाचनमा बिएनपीले दुई तिहाइभन्दा धेरै मत ल्याएको थियो । 

तारिक रहमानका बुवा जियाउर रहमान बङ्गलादेशका पूर्वराष्ट्रपति तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का संस्थापक थिए भने आमा खालिदा जिया बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्री 

थिइन् । तारिक रहमान करिब १७ वर्ष लण्डनमा निर्वासित जीवन बिताइ सन् २०२५ डिसेम्बरमा मात्र स्वदेश फर्किएका थिए । 


६. विश्व म्याराथन च्यालेन्ज अन्तर्गत सात महादेशमा सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा नेपाली पोसाक दौरा सुरुवालमा दौडेर विश्व कीर्तिमान कायम गर्ने धावक को हुन् ? 

बाल जोशी (नेपाली मूलका अमेरिकी धावक)

सन् २०२६ जनवरी ३१ मा अन्टार्टिकाबाट सुरु भएको म्याराथन फेब्रुवरी ६ मा अमेरिकाको मायामीमा सम्पन्न भएको थियो ।


७. ‘एआई इम्प्याक्ट समिट २०२६’ को आयोजना कहाँ गरियो ? 

नयाँदिल्ली, भारत (सन् २०२६ फेब्रुवरी १६–२१) 

अमेरिका, चीन, रुस र युरोपेली सङ्घलगायत ८८ वटा देश र संस्थाद्वारा ऐतिहासिक ‘नयाँदिल्ली डिक्लेरेसन अन एआई इम्प्याक्ट’ मा हस्ताक्षर भएको छ ।

८. देश र महादेशको नाम एउटै भएको देश कुन हो ?

अस्ट्रेलिया


९. नेपाली साहित्यमा ‘आशुकवि’ को उपाधिबाट कसलाई चिनिन्छ ?

शम्भुप्रसाद ढुङ्गेल


१०. अर्थ मन्त्रालयद्वारा विसं २०८२ माघ २७ मा प्रस्तुत तथ्याङ्क अनुसार आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धि कति हुने संशोधित अनुमान रहेको छ ? 

३.५ प्रतिशत 

सरकारले चालु आवको बजेटमार्फत कुल गार्हस्थ उत्पादन (जिडिपी) को वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरेको थियो ।

अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेट आकार घटाएसँगै आर्थिक वृद्धिको लक्ष्य पनि संशोधन गरेको हो ।

गत आवमा वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ । 

चालु आवमा सरकारले १९ खर्ब ६४ अर्ब रुपियाँको बजेट विनियोजन गरेको थियो । अर्थ मन्त्रालयले १९ खर्बको बजेटलाई १६ खर्ब ८८ अर्ब रुपियाँमा झारेको छ ।


११. प्राचीनकालमा चोभारलाई कच्छपाल गिरि भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?

दोलागिरि/दोलाद्रीगिरि


१२. अरब राष्ट्रबिच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?

सन् १९४५ मार्च २२ (प्रधान कार्यालय : कायरो, इजिप्ट) 


१३. कोशी प्रदेश सरकारद्वारा लगानी सम्मेलनको आयोजना कहिले गरियो ? 

विसं २०८२ वैशाख १८–१९ 

सम्मेलनमा कोशी पोडवे (रानी–भेडेटार), बराहक्षेत्र केबलकार, ग्रिन हाइड्रोजनलगायत ७१ परियोजना प्रस्तुत भएका थिए । 

५१ परियोजनाका समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । 

औद्योगिक उत्पादन क्षेत्रमा ४२.४९ प्रतिशत र पूर्वाधार तथा सहरी विकास क्षेत्रमा ३९.१३ प्रतिशत लगानी प्रतिबद्धता आएको छ । कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र स्वास्थ्य क्षेत्रका परियोजनाले पनि उल्लेख्य चासो पाएका छन् ।


१४. ‘न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् २०२६’ मा लाइफ टाइम अचिभमेन्ट इन वुमन आन्ट्रप्रन्योरसिपबाट सम्मानित हुने महिला उद्यमी को हुन् ? 

कमला श्रेष्ठ (नेपालकै प्रथम ब्युटिसियन)

‘स्पेसल रिकगिनसन फर कन्ट्रिब्युसन अन वुमन आन्ट्रप्रन्योरसिप’ बाट शान्ति चड्डा (संस्थापक अध्यक्ष, महिला उद्यमी महासङ्घ नेपाल) पुरस्कृत भएकी छन् । 

कार्यक्रममा विभिन्न सात विधामा १३ जना महिला उद्यमी सम्मानित भएका छन् ।


१५. २० औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन (२०८२ फागुन) को उपाधि कसले जितेका छन् ? 

जुलियस मुरिउकी वाहोम (केन्याली धावक, २ घण्टा २३ मिनेट ३९ सेकेन्ड)

पुरस्कार राशि : चार लाख रुपियाँ

द्वितीय : गजेन्द्र राई (२ घण्टा २४ मिनेट ४७ सेकेन्ड) 

पुरस्कार राशि : दुई लाख रुपियाँ 

तृतीय : हरिकुमार रिमाल (२ घण्टा २७ मिनेट १८ सेकेन्ड) 

पुरस्कार राशि : एक लाख रुपियाँ 

निर्धारित दुरी : ४२.१९५ किलोमिटर


१६. आइसिसी टी–२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी को बनेका छन् ? 

युवराज समारा (क्यानडा, उमेर : १९ वर्ष १४१ दिन)

१० औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा समाराले न्युजिल्यान्डविरुद्ध ११० रनको शतकीय इनिङ्स खेलेका छन् । 


१७. भारतद्वारा पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड कोरिडोर बनाउने घोषणा कहिले गरिएको हो ? 

सन् २०२६ फेब्रुअरी १० 

पशुपतिनाथ र झारखण्डस्थित वैद्यनाथ मन्दिर जोड्ने सो मार्गको लम्बाइ २५० किलोमिटर हुने छ । 


१८. नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पत्रिका गोरखापत्र कहिलेदेखि दैनिक रूपमा प्रकाशित हुन थालेको हो ? 

विसं २०१७ फागुन ७ 

अर्धसाप्ताहिक प्रकाशन आरम्भ : विसं २००० असोज २९ (मङ्गलबार र शुक्रबार)

सातामा तीन पटक प्रकाशन आरम्भ : विसं २००३ पुस ८ 


१९. नेपाली आकाशमा छ वटा ग्रह एकसाथ कहिले देखिए ?

विसं २०८१ माघ १४ (सन् २०२५ जनवरी २७)

नेपाली आकाशमा छ वटा ग्रह एउटै लाइनमा लस्करै देखिएका थिए । 


२०. नेपाल र भारतबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो ? 

विसं २०८२ फागुन ६ (सन् २०२६ फेब्रुअरी १८)

भारतसँग पहिलो पटक पारस्परिक कानुनी सहायता सम्झौतामा हस्ताक्षर भएको हो । 

यस सम्झौताले अन्तरदेशीय अपराधको संयुक्त अनुसन्धानदेखि एकअर्का देशबाट प्रमाण आदानप्रदानलाई बाटो खुल्ने जनाइएको छ । 

सम्झौताका लागि विसं २०८२ असोज ३० मा बसेको मन्त्रीपरिषद् बैठकद्वारा स्वीकृति प्रदान गरिएको थियो । 

प्रस्तुतकर्ता : टङ्क केसी