• १३ फागुन २०८२, बुधबार

अमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन जना घाइते

blog

वासिङ्टन, फागुन १३ गते । संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्तिमार्फत घटना दक्षिण-पश्चिम मिसौरीको हाइल्यान्ड भिलको दक्षिणमा भएको जनाएको छ । 

संदिग्धलाई रिड्स स्प्रिङ सहर नजिकै फेला परेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । कोलले संदिग्धले गोली हानेपछि घटना स्थलमै काउन्टी शेरिफका सहायकको मृत्यु भएको उल्लेख गर्दै अन्य सहायक संदिग्धसँग गोली हानाहानको क्रममा बन्दुकको गोलीको कारण अस्पतालमा मृत्य भएको र अन्य तीन जना घाइते भएको बताएका छन् । पछिल्लो समयमा संयुक्त राज्य अमेरिकामा गोली हानाहानका घटना बढ्दै गएकाले असुरक्षा र सामाजिक सङ्कट चर्किएको जनाइएको छ । रासस/क्युएनए