शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, चैत २८ गते । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको अवस्थामा अस्पतालबाटै फरार भएका थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
भारततर्फ भागिरहेको अवस्थाबाट प्रहरीले धनगढी उपमहानगरपालिका–७ का ३२ वर्षका मुकेश रानालाई पक्राउ गरेको हो । उहाँलाई धनगढी–१०, सिमलघाट क्षेत्रबाट शुक्रबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
लागु औषध मुद्दामा पक्राउ परेका राना बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उहाँ सोहि दिन राति अस्पतालबाट फरार हुनुभएको थियो । पक्राउ परेका रानाको स्वास्थ्य जाच गरी पुनः उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।