• ३० चैत २०८२, सोमबार

तौलिहवाबाट स्रोत नखुलेको भारतीय रकम बरामद

blog

प्रहरीले रकम बरामद गरेको स्थान । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), चैत ३० गते । कपिलबस्तुको तौलिहवा स्थित कालिकाटोलबाट स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार स्रोत नखुलेको १४ लाख भारतीय रकमसहित मोटरसाइकलको डिक्कीमा राखेको अवस्थामा सो रकम बरामद गरेको बताउनुभयो । सो घटनाबारे थप विवरण आउन बाँकी छ ।