• ३० चैत २०८२, सोमबार

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

blog

काठमाडौँ,चैत ३० गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्वसभामुखसँग छलफल गर्नुभएको छ ।

यही चैत २२ गते सभामुखमा निर्वाचित अर्यालले आज पूर्वसभामुख द्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर्नुभएको हो ।

त्यस अवसरमा नेपालको संसदीय अभ्यास, विगतका अनुभव, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणलगायत विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ । रासस