• १२ वैशाख २०८३, शनिबार

बालिकामाथि यौन दुव्र्यवहारको आरोपमा एक पक्राउ

blog

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख १२ गते । बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप भीरकोट नगरपालिका–७ पासिनडाँडाका ४६ वर्षीय चिरञ्जिवि खत्री पक्राउ परेका छन् । 

११ वर्षीया बालिकालाई प्रलोभनमा पारेर गत फागुन १८ गते पहिलो पटक दुव्र्यवहार गरिएको र त्यसपछि पनि पटक–पटक यौन हिंसा भएको भन्दै फागुन २५ गते उजुरी परेको थियो ।

उजुरी दर्ता भएपछि आरोपी फरार भएको र खोजतलासका क्रममा प्रहरीले वीरगञ्जबाट पक्राउ गरी स्याङ्जा ल्याएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । खत्रीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको चौधरीले बताउनुभयो । 

नाबालिकासँग सम्बन्धित संवेदनशील प्रकृतिको मुद्दा भएकाले आवश्यक सावधानी अपनाएर अनुसन्धान अघि बढाइएको चौधरीले बताउनुभयो ।