• १२ वैशाख २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशन वैशाख १७ मा आह्वान गर्न प्रस्ताव

प्रदेश प्रमुख र मुख्यमन्त्रीबिच शिष्टाचार भेट

blog

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाह

अविनाश चौधरी  

धनगढी, वैशाख १२ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार शिष्टाचार भेट भएको छ । प्रदेश प्रमुखको निवासमा भएको उक्त भेटमा समसामयिक राजनीति र प्रदेश सभाको आठौँ अधिवेशन आह्वानका विषयमा छलफल भएको छ ।

भेटका क्रममा मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम वैशाख १७ गते बिहीबार अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभयो ।

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच प्रदेशको समग्र विकास र आगामी संसदीय कार्यदिशाका बारेमा समेत कुराकानी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।