युक्रेन, वैशाख १२ गते । युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरुले शनिबार बताएका छन् । उद्धारकर्मीले रूसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थित एउटा भवनको भग्नावशेषबाट दुई जनाको शव बरामद गरेको ड्रिन्प्रोपेट्रोभस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले बताउनु भएको छ ।
पाँच जना अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने आशंका गरिएको बताउदै उहाँले २१ जना घाइते भएको पुष्टि गर्नु भएको भएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा चार जनाको मृत्यु भएको र करिब ३० जना घाइते भएको बताउनु भएको छ ।
आक्रमणको सामना गर्न साझेदारलाई तत्काल र सहकार्य आवश्यक रहेको बताउदै हवाई रक्षा बलियो बनाउन तथा रूस विरुद्ध युरोपेली प्रतिबन्धको २१ औँ प्याकेजतर्फ पनि अघि बढ्नु पर्ने बताउनुभएको छ । युक्रेनको सिमानामा रहेको रूस कुस्र्क क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्राणमा परी एक जना घाइते भएको गभर्नर अलेक्जान्डर खिन्स्टेनले शनिबार बताउनु भएको छ । रासस/एएफपी