आज बालाचतुर्दशी : पशुपति क्षेत्रमा शतबीज छर्दै श्रद्धालु (फोटोफिचर)
आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन । हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् ।
शतबीज छरेर मनाइयो बालाचतुर्दशी
दिवङ्गत पितृको सद्गतको कामना गर्दै मनाइने बालाचतुर्दशी बुधबार शतबीज छरेर मनाइएको छ । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा बिहानदेखि भिड लाग्ने गर्छ ।
देवघाटमा स्नान गर्ने र सतविज छर्नेको भिड
बालाचतुर्दशी पर्वका दिन आज धार्मिक क्षेत्र देवघाटमा स्नान गर्ने र सतविज छर्नेको बिहानैदेखि भिड लागेको छ ।
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला सोमबार लाग्दैछ ।
विद्यार्थीलाई मयूरनाचको तालिम
जाजरकोटका शिक्षकले विद्यालयमा स्थानीय कला संस्कृति सिकाउन थालेका छन् । छेडागाड नगरपालिका–२, शङ्करस्थान माध्यमिक विद्यालय मजेरीका ८ देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई मयूरनाच सिकाउन थालेका हुन् ।
बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने
पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ ।
पश्चिम बागलुङका पौंदेलीहरुले ‘न्वागी’ पर्व मनाउँदै
पश्चिम बागलुङका पौंदेलीहरुले आइतबार न्वागी पर्व मनाउँदै छन् । पौंदीबासीले विसं. १७३४ सालदेखि न्वागी पर्व मनाउँदै आएका छन् । न्वागी पर्वमा बडिगाड–५ को खार बजारमा दस दिने मेला समेत आयोजना गरिएको छ ।
पाथीभरामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन
प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।
सङ्कटा मन्दिरमा भक्तजनको भिड
न्युरोडस्थित टेबहालमा रहेको सङ्कटा मन्दिरमा शनिबार भक्तजनको भिड लागेको थियो । कात्तिक महिनाको अन्तिम शनिबार सङ्कटा मन्दिरमा भिड लाग्ने गरेको छ । शनिबार सङ्कटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन न्युरोड गेटदेखि नै थियो । सङ्कटा मन्दिरमा दर्शन गरेपछि मानिसका हरेक सङ्कट अन्त्य हुने विश्वास रहिआएको छ ।
पाथीभरामा सय वर्ष पुरानो घन्टी सुरक्षित (फोटो फिचर)
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित रहेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनले अर्पण (चढाएका) गरेका घन्टी सुरक्षित रहेका हुन्।
लवाङ्गी पूजा धुमधामसाथ मनाइने
हरेक वर्ष सीता विवाहपञ्चमी तिथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष पनि मङ्सिरमा धुमधामसाथ गरिने भएको छ ।
धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।
किराँत राईको पापानी चाड सुरु
धनकुटाको शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका किराँत राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरुले नयाँ बाली भित्राएको आफ्नो खुशीयालीमा मनाउने पापानी चाड सुरु भएको हाे ।
मनकामनाबाट देखिएकाे मनोरम दृश्य
गोरखा जिल्लाको सहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्त्वपूर्ण शक्तिपीठ मानिन्छ ।
पञ्चकोटमा ‘विष्णु सहश्रनाम’लाई १४ लाख पटक पाठ
पञ्चकोटमा निर्माण गरिने एक सय ३५ फिट अग्लो कलश निर्माण अभियान सफल पार्न असार २२ गतेदेखि सुरु भएको चौमासिक महायज्ञ समापन भएको छ । चार महिनादेखि विष्णु सहश्रनामलाई १४ लाख पटक पाठ गरिएको थियो ।