लोप हुँदै गएको पुर्ख्याैली नाच जोगाउन कुवापानीवासी सक्रिय
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ५ कुवापानीका मगर समुदाय मौलिक कला संस्कृति संरक्षणमा जुटेका छन् ।
दंगीशरणको संग्रहालयमा आन्तरिक पर्यटकको बढ्दो आकर्षण
दाङको दंगीशरण गाउँपालिका ३ चखौरास्थित थारु सांस्कृतिक संग्रहालयमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको उल्लेख्य भिड लाग्न थालेको छ ।
सुजनले छेडे चौथो पटक जिब्रो
बिस्काः जात्रा अन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको छ । बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाउनुभएको थियो ।
सिन्दूर जात्राको भव्यता, अबिरको लालीमा झुम्यो थिमि
भक्तपुरको मध्यपुरथिमिमा आज बिहानैदेखि हर्षोल्लासका साथ प्रसिद्ध सिन्दूर जात्रा अर्थात् 'सुथसिया' (बिहानीको जात्रा) मनाइएको छ । बिस्केट जात्राको अवसरमा मनाइने यो जात्रामा थिमिका बासिन्दाहरूले टोलटोलका देवीदेवता विराजमान खटहरूलाई सिन्दूरले रंगाएर नगर परिक्रमा गराएका छन् ।
सिरुवा पर्वले सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सिरुवा पर्व (जुड़शीतल) को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
थारू संस्कृतिको संरक्षणमा तीन युवती
शान्तिनगर गाउँपालिका–६, गिधनियाकी अनिमा चौधरी, प्रमिला चौधरी र ममता चौधरी आफ्नो अध्ययनसँगै थारू भाषा, साहित्य, वेशभूषा तथा कला–संस्कृतिको संरक्षणमा सक्रिय अभियान सञ्चालन गरिरहेका छन् ।
शक्ति प्रदर्शनस्वरूप धामीले बालुवा खाने घटाल विशु जाँत आज
देवताले आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा धामी कापेर बालुवा खाने प्रसिद्ध तथा शक्तिशाली मानिने घटाल बाबाको विशु जाँत (मेला) आज बुधबार वैशाख २ गते लाग्दै छ ।
मिथिलाञ्चलमा आज जुड़शीतल पर्व
सप्तरीसहित मिथिला क्षेत्रमा प्रत्येक वर्ष वैशाख २ गते मनाइँदै आएको जुड़शीतल पर्व बुधबार बिहानैदेखि हर्षोल्लासका साथ मनाइँदै छ ।
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार तिर्थालुले दर्शन गरेका छन् ।सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिरसमृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।