बालाजु बाइसधारा मेला सुरु
बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ ९ल्हुति पुन्हि० मेला सुरु भएको छ ।
ओझेलमा देवीदह, संरक्षण नहुँदा चराको बासस्थान मासिँदै
लहान नगरपालिका-१७ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र देवीदहमा चराहरूको बासस्थान सङ्कटमा पर्दै गएको छ । उचित संरक्षणको अभाव, मिचाहा प्रजातिका झारपात वृद्धि र चोरीसिकारका कारण यहाँका जलपन्छीको अस्तित्व जोखिममा परेको हो ।
बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन
चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो ।
सकियो सेतो मच्छिन्द्रनाथको जात्रा
काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रापछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ ।
सम्पन्न भयो सेतो मच्छिन्द्रनाथको रथजात्रा
चैते दसैँको दिन बिहीबारदेखि सुरु भएको जात्रा जमलबाट असन, असनबाट हनुमान ढोका दरबार क्षेत्र तथा सो स्थानबाट लगन टोलसम्म तान्ने गरिन्छ । लगनटोल पुगेको भोलि पल्ट आमा रुखको परिक्रमा गराइन्छ ।
वसन्तपुर पुग्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा
रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । हनुमानढोका दरबार क्षेत्रको कालभैरव अघि रथ पुगेसँगै पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
पर्वले राष्ट्रिय एकता सुदृढ बनाउँछः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली पर्वहरूले सामाजिक सद्भाव, सहिष्णुता र सहयोगको भावना प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ।
जन्म र मृत्युको देवता ‘सेतो मत्स्येन्द्रनाथ’
जन्म र मृत्युको देवताका रूपमा मानिने सेतो मत्स्येन्द्रनाथ जात्रा बिहीबारबाट सुरु भएको छ । मछिन्द्रबहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखी तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथ वर्षा र सहकालको देवता मानिन्छ भने सेता मत्स्येन्द्रनाथलाई जन्म र मृत्युको देवताका रूपमा पुजिने गरिने संस्कृतिविद् डा. चुन्डा वज्राचार्यले जानकारी दिनुभयो । उहाँले ११ गते मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइने जानकारी दिँदै त्यसको भोलिपल्ट अर्थात् बिहीबार खटमा राखेर रथमा पु¥याउने चलन रहेको बताउनुभयो । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवम् दर्शन
सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवम् दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (फोटो फिचर)
चैते दसैँको दिन बिहीबारदेखि सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइए पश्चात सो जात्रा रथयात्राको रुपमा अगाडि बढेको हो ।
बिस्केट (बिस्काः) जात्रालाई शान्तिपूर्ण बनाइने
आठ रात नौ दिन लामो भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्काः) जात्रा शान्ति पूर्णरूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवाला सहमत भएका छन् ।
चैतेदसैंको मुख्य दिन कालिका मन्दिरमा भक्तजनको घुइँचो
चैतेदसैंको मुख्य दिन बिहीबार बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । चैतेदसैंको मुख्य दिन नवरात्रमा देशका विभिन्न भागबाट आउनुभएका भक्तजनले कालिका मन्दिर परिसर बिहानैदेखि भरिभराउ भएको हो ।
सांस्कृतिक पर्यटनबाट समृद्धि सम्भवः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैते दसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
छठको आस्था पवित्र, पानी फोहोर
उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै बुधबार चैती छठ पर्व श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ । पारिवारिक सुख, शान्ति र दीर्घायुको कामनासहित मनाइने यो पर्वको धार्मिक महत्व उस्तै रहे पनि राजविराजस्थित भगवती पोखरीको फोहोर पानीले भने यस पटक ब्रतालुहरूलाई असहज बनाएको छ ।
सेतो मच्छिन्द्रनाथ जात्राको तयारी
काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण पुगेको छ ।
उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व सम्पन्न
मिथिलाञ्चलको महान् सांस्कृतिक तथा धार्मिक पर्व छठको चौथो दिन बुधबार उदाउँदो सूर्यलाई अर्घ दिई पर्व सम्पन्न गरिएको छ । चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै विधिवत् रूपमा पर्वको समापन भएको हो ।
काठमाडौँमा मनाइयो चैती छठ (फोटो फिचर)
काठमाडौँको गौरीघाटमा चैती छठ मनाइएको छ । पहिलापहिला तराईंमा मात्र मनाइने छठ पर्व पछिल्लो समयमा काठमाडौँसहित देशभर मनाइन्छ । विशेष गरेर चैती छठ पछिल्ला वर्षमा मात्र काठमाडौँमा मनाउन थालिएको हो ।
चैती छठको तेस्रो दिनः आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण
मिथिलाञ्चलको महान् सांस्कृतिक तथा धार्मिक पर्व छठको तेस्रो दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिँदै छ । चार दिनसम्म मनाइने कठोर व्रतका रूपमा मानिने यस पर्वको तेस्रो दिन ‘सन्ध्या अर्घ’का रूपमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी मनाइन्छ ।
मिथिलामा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै आज चैती छठ मनाइँदै
महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ ।
‘सेतो मत्स्येन्द्रनाथको रथयात्रा’ माथि वृत्तचित्र
वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा जात्राबारे अभिलेखीकरण गर्ने उद्देश्यले निर्माण गरिएको ‘सेतो मत्स्येन्द्रनाथको रथयात्रा’ सम्बन्धी वृत्तचित्र सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आइतबार राजधानीमा आयोजित सेतो मत्स्येन्द्रनाथको रथयात्राको व्यवस्थापन सम्बन्धमा आयोजित बैठकमा सो वृत्तचित्र सार्वजनिक गरिएको हो ।
चैती छठपर्वको दोस्रो दिन ‘खरना’ गरी मनाइदै
चारदिनसम्म मनाइने छठपर्वको दोस्रो दिन सोमबार ‘खरना’ गरी मनाइदै छ । पर्वको दोश्रोदिन अर्थात पञ्चमी तिथिमा व्रतालुहरुले दिनभरी उपवास वसी संध्याकालमा ‘खरना’ गरी यो पर्व मनाउँदै छन् ।
मिथिलाञ्चलमा चैती छठ पर्व सुरु
मिथिलाञ्चलमा आइतबारदेखि चैते छठ पर्व सुरु भएको छ । विभिन्न विधि गरी चार दिनसम्म मनाइने यस पर्वको चैते छठ आइतबारदेखि सुरुवात भएको हो ।
बुद्धकालीन रामग्राम र पण्डितपुर स्थल ओझेलमाः संरक्षण र प्रचारको अभाव
विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्था केन्द्र र भगवान् गौतम बुद्धको पवित्र अस्थि धातु निहित रामग्राम स्तूप यतिबेला उचित संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ।
मौलिकता जोगाउन ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन’
मगर समुदायको पहिचानसँग जोडिएको कौराहा नाचको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको संरक्षण र संवर्धनका लागि तनहुँमा ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ आयोजना गरिने भएको छ ।