बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी
म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा मौलिक कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा ११ औं माघेसङ्क्रान्ति मेलाको आयोजना गर्न लागिएको हो ।
गुलर्या माघ सांस्कृतिक महोत्सवको तयारी तीव्र
गुलर्या माघ सांस्कृतिक महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ ।“एकता, विकास र आत्मनिर्भरताको लागि सांस्कृतिक अभियान” भन्ने मूल नाराका साथ यही पुस २७ गते घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित शहिल नेत्रलाल पार्कमा आयोजना हुन लागेको महोत्सवलाई भव्य र सभ्य बनाउन प्रचारप्रसारलाई तीव्रता दिइएको महोत्सव मूल आयोजक समितिका संयोजक अशोक कुमार चौधरीले जानकारी दिनुभएको छ ।
‘चुनावी वातावरण बनिरहेको छ’
प्रधानमन्त्री सुशीला कार्कीले देशभर चुनावी वातावरण बनिरहेको बताउनुभएको छ । तमु ल्होसार मूल आयोजक समितिद्वारा मङ्गलबार राजधानीमा आयोजित गुरुङ समुदायको राष्ट्रिय पर्व तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
तमु ल्होसारको रौनक (फोटो फिचर)
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो ।
बैतडीमा पुसे पन्ध्रको रौनक, पूराना चलन ओझेलमा
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पुस १५ गते ‘ठूलीरात’ अर्थात् परम्परागत पुसे पन्ध्र पर्व उल्लासका साथ मनाइँदैछ ।
हाम्रा संस्कृति र संस्कार हाम्रो पहिचानका स्तम्भ : संयोजक प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रा संस्कृति र संस्कारहरू हाम्रो पहिचानका स्तम्भ भएको बताउनुभएको छ ।
सबै समुदायबिच सहअस्तित्व कायम राख्न प्रतिबद्ध छौँ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै
आज पुस १५ गते, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा मनाइँदैछ । डडेल्धुरालगायतका केही जिल्लामा मङ्गलबार उत्तरायणका रुपमा पनि मनाइन्छ ।
आज तमु ल्होछार, पोखरामा महोत्सवको रमझम
अङ्ग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाइरहेको पर्यटन राजधानी पोखरामा तमु (गुरुङ) समुदायको नयाँ वर्षसमेत भव्य रुपमा मनाइँदै छ । पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा पोखराको टुँडिखेलमा सोमबारबाट महोत्सव सुरु भएको हो ।
‘तमु ल्होसार’ले नेपालीबिच बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ले नेपालीबिच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभएको छ ।
थारू जातिका परिकार
थारूले मौसम, समय, चाडपर्व, विवाह, पूजापाठलगायत विभिन्न अवस्थामा खाने अनेक परिकार छन् । दैनिक खानेमा भात, दाल, कपुवा, तरकारी आदि हुन् भने चाडपर्वमा अनिवार्य खानेमा सुँगुरको मासु, ढिक्री, खरिया, बरिया रहेका छन् । त्यस्तै माछा, गँगटा, घोँगीको परिकार पनि थारूले ज्यादै मिठो मानेर खाने गर्छन् ।
दाङमा एकदिने माघ सांस्कृतिक महोत्सव हुँदै
थारूहरूको छाता सङ्गठन थारू कल्याणकारिणी सभा दाङले यही पुस १९ गते एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ आयोजना गर्ने भएको छ ।
लक्जम्बर्गमा मनाइयो तमु ल्होछार
गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होछार पर्व युरोपेली मुलुक लक्जम्बर्गमा पनि सम्पन्न भएको छ ।
हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड
हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।
थारू बस्तीमा माघीको चहलपहल
थारू समुदायको महान् पर्व माघ (माघी) नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढ्न थालेको छ । गाउँदेखि सहरसम्म माघीलाई विशेष र भव्य रूपमा मनाउन थारू सङ्घ संस्थाले तयारी तथा छलफललाई तीव्रता दिएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ ।
ड्रोनबाट खिचिएका एकल तस्बिर प्रदर्शनी सुरू
नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरको तीन दिने फोटो प्रदर्शनी आयोजना भएको छ।
फिदिममा चासोक मेला
पाँचथरको फिदिममा चासोक मेला सुरु भएको छ । मौलिक संस्कार र सस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्ष उधौली पर्वको सन्दर्भ पारेर लगाइने यो मेला विहीबारदेखि फिदिम ४ गडी क्षेत्रमा शुरु भएको हो ।
तस्बिरमा प्रथम तमू फोटो प्रतियोगिता
तमू ल्होसारको अवसरमा प्रथम तमू फोटो प्रतियोगिताको आयोजना गरिएको छ।
बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै
गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबिच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालु भेला भई सामूहिक प्रार्थनामा सहभागी भए ।
‘क्रिसमस डे’ राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ ।
युवापुस्तामा क्रिसमसको रमझम
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष लगभग सँगसँगै पर्ने भएकाले काठमाडौँलगायत देशका ठुला सहरमा क्रिसमसको बेग्लै रौनक छ । क्रिसमसको रौनकसँगै यसको मनाउने तौरतरिकामा भने तडकभडक देखिन थालेका छन् । सबैतिर झिलिमिली बत्तीमा सजिएका ‘क्रिसमस ट्री’ र ‘सान्टा क्लज’ को राता लुगाको पहिरनमा अधिकांशले ‘हेप्पी क्रिसमस डे’ भन्दै शुभकामना साटासाट गरेको देखिन्छ । दसैँ, तिहार, इद जस्ता चाडमा रमाउनेहरू अब क्रिसमसमा पनि उत्तिकै रमाइरहेका भेटिन्छन् ।
थाकखोलाबाट फैलिएका थकाली
थाकखोलाको आसपासबाट विकसित भई देशका विभिन्न सहरमा फैलिएको थकाली जातिलाई उन्नत जातीय समुदाय मानिन्छ । इस्वीको १९ औँ शताब्दीको मध्यदेखि (सन् १८५७–०५८) हिमाली क्षेत्रमा थकाली शक्ति उदय भएको थियो ।
समुदायको अपनत्व र समन्वय अनुकरणीय : उपप्रमुख डंगोल
काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक सुनिता डंगोलले भद्रकाली मन्दिरको पुनर्निर्माण प्रक्रिया सन्तोषजनक रुपमा अगाडि बढिरहेको बताउनुभएको छ ।