गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेका छन् : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेको भन्दै खुशी व्यक्त गर्नुभएको छ।
गोरखापत्र नेपाली पत्रकारिताको गौरवशाली संस्था हो : अध्यक्ष सुवेदी
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र एउटा अड्डा मात्र नभएर नेपाली पत्रकारिताको गौरवशाली संस्था भएको बताउनुभएको छ।
सरकार र जनताबिचको पुल बन्नुपर्छ गोरखापत्र : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार र जनताबिचको गोरखापत्र पुल बन्नुपर्ने बताउनुभएको छ ।
समसामयिक इतिहासको पहिलो मसौदा
राणाकालीन नेपालका उदारवादी र सुधारवादी शासक भनेर चिनिने श्री ३ देवशमशेरले तीन महिना जति मात्र शासन गर्न पाएका हुन् तर त्यही छोटो अवधिमा पनि उनले जनमुखी सोचको झलक दिने केही पहलकदमी गरेका थिए । जस्तो, मुलुकमा सामाजिक र राजनीतिक अवस्थामा सुधार ल्याउन कस्ता उपाय गर्नुपर्ला भनी सल्लाह सुझाव लिन थापाथली दरबारको बैठकमा ठुलो सभाको आयोजना गरे, जसमा दलित समुदायका प्रतिनिधिलाई पनि सामेल गरिएको थियो । “नेपालको दरबारमा भएका सभामा दलित समुदायका प्रतिनिधिहरूलाई बोलाइएको यो सायद पहिलो अवसर हो,” भनेर प्रमोदशमशेर राणाले ‘राणाशासनको
डिजिटल युगमा छापामाध्यम
बितेका दुई दशकमा अनलाइन समाचार पोर्टलहरू, सामाजिक सञ्जाल र डिजिटल मञ्च (प्लेटफर्म) हरूको उदयसँगै सबै जसो परम्परागत छापा प्रकाशनहरूले आफ्ना पाठक र आम्दानीका स्रोत कायम राख्न सङ्घर्ष गरिरहेका छन् । यद्यपि छापा माध्यमको डिजिटल युगमा रूपान्तरणको प्रारब्ध ठोकुवा गर्न नसकिए पनि कोभिड महामारीपछि छापा माध्यमको बजार र प्रभाव ठुलो मात्रामा सङ्कुचित भएको छ । अहिले डिजिटल रूपान्तरणका अनेक आयामबारे बहस भइरहेका छन् । शतायु यात्रा पार गरी दक्षिण एसियाली मुलुकमै जेठो अखबारहरूको सूचीमा आफूलाई सबल साबित गरिसकेको गोरखापत्रसँगै पत्रकारिताका चुनौती अब के छन् त ? पठन संस्कृति, पाठ्यसामग्री (कन्टेन्ट), प्लेटफर्मको रूपान्तरण, विज्ञापन बजारका आधारमा छापा पत्रकारिता साँघुरिएको छ ।
गोरखापत्र स्थापित सन्दर्भ र सम्पादकबारे सवाल
आममानिसले सजिलै बुझ्ने गरी आफ्नो जन्म मिति थाहा पाउन गोरखापत्रलाई आधा शताब्दीभन्दा बढी समय लाग्यो । यो नेपालमा प्रेस कानुन थालनीको कारक र पत्रकार आचारसंहिताको अगुवा रह्यो तर यसले अझसम्म आफ्नो पहिलो सम्पादक को थियो भन्ने तथ्य पत्ता लगाउन सकेको छैन । आजभन्दा १२४ वर्षअघि नेपाल संवत् १९५८ मिति ज्येष्ठ वदी ३ तदनुसार १९५८ वैशाख २४ मा साप्ताहिक अखबारका रूपमा गोर्खापत्रको प्रकाशन भएको थियो । ‘गोर्खापत्र’ प्रकाशन प्रारम्भ हुँदाका दिनसम्म विश्वमा चार सयभन्दा बढी अखबारहरू प्रकाशन भइसकेको इतिहास छ । ती अखबारमध्ये धेरै बन्द भइसकेका छन् । कुनै गोर्खापत्र प्रकाश
समावेशीको प्रतीक
नेपाल सरकारले सांस्कृतिक बहुलता र समावेशीकरणलाई स्वीकार गरेको एउटा नमुना गोरखापत्रको बहुभाषा पृष्ठ नयाँ नेपाल पनि हो । तर यो स्वीकृति आदिवासी जनजातिको लामो समयको आन्दोलन, तपस्या र बलिदानको परिणाम हो । २०६४ मा सुरु भएको नयाँ नेपाल विगत १७ वर्षदेखि निरन्तर चलिरहेको छ जुन स्वागतयोग्य कुरो हो । २०६२/६३ को आन्दोलनले ल्याएको सामाजिक र राजनीतिक परिवर्तनपछि बनेको नेपालको अन्तरिम संविधान २०६३ को प्रावधानमा टेकेर यस्तो बहुपृष्ठको कल्पना गरिएको थियो ।
गोरखापत्र : स्थापित...
पत्रकारिताको असल अभ्यासका लागि अपनाइने लिखित वा अलिखित नैतिक सिद्धान्त नै पत्रकार आचारसंहिता हो । पत्रकारितामा उत्कृष्टतालाई प्रवर्धन गर्न अमेरिकाको मिसौरीका सम्पादक तथा प्रकाशकहरूद्वारा स्थापित संस्था मिसौरी प्रेस एसोसिएनले सन् १८७६ मा आफ्ना सदस्यहरूका लागि आचरणगत नियमहरूको एक सूचीको मस्यौदा तयार गरेको थियो तर सन् १९२० को दशकको प्रारम्भसम्म पनि अमेरिकी पत्रकारहरूले पेसागत आचारसंहिता निर्माणमा गम्भीरतापूर्वक ध्यान दिएका थिएनन् । अमेरिकन सोसाइटी अफ न्युज एडिटर्सले सन् १९२३ मा नैतिकताको सिद्धान्त ‘क्यानन अफ इथिक्स’ जारी गरेको थियो (रास इमान, द ए टु जेड अफ जर्नालिज्म) ।
स्थानीय तहमा अमिट छाप
स्थानीय सरकार कार्यकारी अधिकारसहितको नागरिकको सबैभन्दा नजिकको सरकार हो । नेपालको संविधानको अनुसूची–८ ले स्थानीय सरकारको २२ वटा एकल अधिकार उल्लेख गरेको छ । स्थानीय तहका जनप्रतिनिधिले उक्त एकल अधिकार धमाधम कार्यान्वयन गरिरहेका छन् । संविधानले स्थानीय तहलाई आफैँ मापदण्ड, ऐन, नियम तथा कार्यविधि बनाई कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ । उक्त अधिकार प्रयोग गरी स्थानीय तहले ६५ देखि सय वटासम्म कानुन बनाई का