• २८ वैशाख २०८३, सोमबार

राष्ट्रिय सभाको बैठक सुरु

blog

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा सुरु भएको बैठक । तस्बिर : केशब राई

काठमाडौँ, वैशाख २८ गते । राष्ट्रिय सभाको आजको बैठक सुरु भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको सुरु भएको हो । बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने तय भएको छ । 

यसअघि राष्ट्रिय सभा अध्यक्ष दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश पेस गर्ने निर्णय गरेको हो । 

बैठकले आजदेखि प्रारम्भ हुने राष्ट्रिय सभाको २१औँ अधिवेशनको कार्यसूची तयार गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी हुनुहुन्थ्यो ।