कञ्चनरूपमा वृद्धको शव फेला
सप्तरीको कञ्चनरूप नगरपालिकामा सोमबार एक जना वृद्ध मृत अवस्थामा फेला पर्नुभएको छ । नगरपालिकाको वडा नम्बर ११ सिमरा बजारस्थित ६५ वर्षीय मोहमद तजमुल मृत अवस्थामा फेला पर्नुभएको हो ।
तस्करीको काठ र फर्निचर बरामद
बर्दीबास र गौशाला क्षेत्रमा सक्रिय वन तस्करी तथा अतिक्रमण नियन्त्रण गर्न सञ्चालन गरिएको वन गस्तीले ५५ क्युफिट बराबरको काठ, तयारी फर्निचरलगायत सामग्री बरामद गरेको छ ।
भासिएको कमला पुलको निर्माण सुरु
हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुननिर्माणको काम सुरु गरिएको छ ।
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो ।
ठक्करबाट ट्याक्टर चालकको मृत्यु
सप्तरीको खडक नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ११ बनौलीस्थित हुलाकी सडकखण्डमा प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा ४२ बर्षीय दिप्रेन्द्र पासवानको मृत्युभएको हो ।
राजमार्ग विस्तार : साढे ११ हजार रुख कटान आदेश
सर्लाही, महोत्तरी र धनुषा जिल्लामा पूर्वपश्चिम राजमार्ग विस्तारका लागि साढे ११ हजार रुख कटानको आदेश भएको छ ।
‘सीप र कला कुनै जातको हुँदैन’
“सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,” दमाहा बजाउँदै गर्नुभएकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भन्नुभयो, “सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।”
सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ ।
पानी उद्योगका व्यवस्थापक सिंहको हत्या अभियोगमा दुई जना पक्राउ
बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण बेभरेज नेपाल प्रा.लि.का व्यवस्थापक रामकिशोर सिंहको जघन्य हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
चुनावबाट एमाले महाधिवेशन प्रतिनिधि चयन
नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सिराहा क्षेत्र नम्बर १ मा चुनावबाट प्रतिनिधि चयन भएको छ । शनिबार साँझसम्म भएको निर्वाचन मत परिणाम आइतबार सार्वजानिक गरिएको हो ।
उखु किसानको आन्दोलन रोकियो
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले दुई साताभित्र समस्याको समाधान निकाल्ने आश्वासन दिएपछि उखु किसानले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
मधेश झरे पहाडका तरकारी
मधेशका बजारमा तरकारीको मूल्य बढ्दै गएपछि उपभोक्ताको रोजाइमा पहाडको उत्पादन परेको छ । तिहारयता तराईको स्थानीय उत्पादन काउली, बोडी, मुला, आलु, गोलभेँडा तथा विभिन्न सागसब्जीको मूल्य तीव्र गतिमा बढ्दै गएपछि उपभोक्ता ‘सस्तो र स्वादिलो’ विकल्पका रूपमा पहाडे तरकारी रोज्न थालेका हुन् ।
निःशुल्क आँखा शिविरबाट विपन्न समुदाय लाभान्वित
लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा लहान नगरपालिकामा विगत तीन वर्षदेखि चलिरहेको निःशुल्क शिविरबाट विपन्न समुदाय लाभान्वित भएका छन् ।
सप्तरीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते
सप्तरीको कञ्चनरूप नगरपालिकामा शनिबार श्रीमानले गरेको खुकुरी प्रहारबाट श्रीमती घाइते भएकी छन् ।
विवाहको प्रलोभनमा शारीरिक सम्बन्ध, नाबालिका बिच्चलीमा
सप्तरीमा बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएपछि एक नबालिका बिच्चलीमा परेकी छन् ।
राजमार्ग विस्तार : पुल र कलभर्ट निर्माण प्राथमिकतामा
पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत पुल र कलभर्ट निर्माण कार्यलाई प्राथमिकता दिन थालिएको छ । राजमार्ग विस्तार भइरहेका तीन वटै जिल्लामा अहिले पुल र कलभर्ट निर्माणको कामले प्राथमिकता
२३३ जनाको आँखा परीक्षण गर्दा ३१ जनामा मोतीविन्दु
सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौलीमा आयोजित निःशुल्क आँखा शिविरमा २३३ जनाले लाभ लिएका छन् ।
अझै २७३ कैदीबन्दी फरार
जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन् ।
जैविक तटबन्धले जोगायो विद्यालय
चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको त्रासले लहान नगरपालिका–१५ स्थित करिब ८० घरधुरी रहेको बेतहा बस्ती र त्यहाँको आधारभूत विद्यालय बेतहालाई हरेक वर्ष सताउने गर्दथ्यो ।
आयातकर्तालाई दुःख दिएको गुनासो
समुद्रीमार्ग हुँदै तेस्रो मुलुकबाट आयात हुने समान वीरगन्जसम्म रेलवे वा ट्रक कन्टेनरमा ढुवानी गर्दा स्थलमार्गमा विशेष गरी झारखण्ड र विहार राज्यका प्रहरीले दुःख दिने गरेको गुनासो नेपाली आयातकर्ताले गरेका छन् । अत्यधिक भार र कन्टेनरको उचाइ बढी भएको भन्दै अनावश्यक दुःख दिँदै जरिबाना तिराउने गरेको नेपाली आयातकर्ताको गुनासो छ ।
पानी उद्योगका मेनेजरको रहस्यमय हत्या
बाराको प्रसौनी गाउँपालिका ६ भलुहीस्थित किरण बिग्रेज नेपाल प्रालिमा कार्यरत मेनेजरको अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या भएको घटना सार्वजनिक भएपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ ।
गृहमन्त्रीसँग मधेस प्रदेशका गृहमन्त्रीको भेट : सुरक्षा समन्वयलाई थप बलियो बनाइने
गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले भेटवार्ता गर्नुभएको छ।
धान भित्र्याउन महिला मजदुरकै भर
गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारीमा हिँडेपछि कृषि कार्य महिला मजदुरकै भरमा चल्दै आएको छ । अहिले धान भिœयाउने कार्यमा पनि महिला मजदुर नै सक्रिय छन् ।
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
सप्तरीको सुरुङगा नगरपालिकामा दहमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक दहमा डुबेर खजनपुर टोलका ७० वर्षीय रामदेव मण्डलको मृत्यु भएको हो ।