जनार्जन खत्री
सर्लाही, भदौ १६ गते । सर्लाहीको मलङ्गवा नगरपालिका–६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवान रहेको प्रहरीले जनाएको छ । बालिका खेल्नेक्रममा पोखरीमा गएर डुबेको स्थानीयले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।