• १९ भदौ २०८२, बिहिबार

चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता (फोटो फिचर)

blog

चीन भ्रमणबाट स्वदेश फर्कनुभएपछि विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः केशब गुरुङ

काठमाडौं, भदौ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ । चीनको थियान्जिनमा आयोजना भएको शाङ्हाइ सहयोग संगठन (एससिओ) को २५ औँ शिखर सम्मेलन तथा बेइजिङ्मा भएको कार्यक्रममा सहभागी भएर बुधबार स्वदेश फिर्ता हुनुभएको हो । 

प्रधानमन्त्री ओलिलाई त्रिभुवन अन्तर्राष्ट्रीय बिमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह,  गृहमन्त्री रमेश लेखक, पररष्ट्रमन्त्री डा. आरजु देउवा राणा, मुख्य सचिव एकनारायन अर्याल, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल लगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भदौ १४ गते चीन प्रस्थान गरेको थियो ।

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।