• ३० वैशाख २०८३, बुधबार

करेन्ट लागेर महिलाको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख ३० गते ।
सप्तरीको तिरहुत गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ डिमन टोल निवासी २६ वर्षीया बबिता देवी यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार मङ्गलबार आफ्नै खेतबारीमा जडान गरिएको विद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा बबिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिह असपताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।