थबाङमा प्रगतिशील सङ्गीत उत्सव
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र रोल्पा कला साहित्य प्रतिष्ठानको सहआयोजनामा रोल्पा जिल्लाको थबाङमा प्रगतिशील सङ्गीत उत्सव सम्पन्न भएको छ । ‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उत्सवमा लुम्बिनी प्रदेशमा सभामुख तुलाराम घर्तीमगरले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा प्रगतिशील सङ्गीतकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
थापाको ‘जयसिंह धामीको देश’ लोकार्पण
कवि दिनेशविक्रम थापाको नयाँ कविताकृति ‘जयसिंह धामीको देश’ एक कार्यक्रमबिच लोकार्पण भएको छ । कार्यव्रmममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरेलगायतका अतिथिले कविताकृति लोकार्पण गर्नुभएको हो । प्रमुख अतिथि डा. घिमिरेले कविता लेख्न सजिलो नहुने बताउँदै कविता आफैँमा गम्भीर विषय भएको बताउनुभयो । उहाँले थापाको कविता मार्मिक र चित्र जस्तै स्पष्ट भएको धारणा व्यक्त गर्नुभयो ।
सङ्गीत र नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा थबाङमा सङ्गीत उत्सव
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र रोल्पा कला साहित्य प्रतिष्ठानको सहआयोजनामा रोल्पाको थबाङमा ‘प्रगतिशील सङ्गीत उत्सव’ भव्यताका साथ सम्पन्न भएको छ । ‘प्रगतिशील सुरहरू राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ वैशाख १९ र २० गते आयोजित सो उत्सवले नौबूँदे ‘थबाङ घोषणापत्र’ समेत पारित गरेको छ ।
लुम्लेको नयाँ गन्तव्य : कविता पार्क
नेपालमा सबैभन्दा बढी पानी पर्ने ठाउँका रूपमा चर्चित लुम्लेको कृषि अनुसन्धान निर्देशनालय यहाँको मुख्य पर्यटकीय स्थल हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने लुम्लेमा यही महिना नयाँ गन्तव्य थपिएको छ, कविता पार्क । पर्यटन राजधानी पोखराको मुख्य बजार शिवालयमार्ग घर भएका कवि/गीतकार विनोद गौचनको अग्रसरतामा ‘कविता गाउँ’ घोषित लुम्लेमा अहिले पृथक् खालको पार्क बनेको छ । कवि गौचनको परिवारको साथमा गाउँलेले पनि यसमा होस्टेमा हैंसे गरेका छन् ।
नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे पुस्तक सार्वजनिक
पूर्वराजदूत यज्ञबहादुर हमालद्वारा लिखित नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे अध्ययनमूलक पुस्तक ‘नेपाल्स फरेन पोलिसी एन्ड फरेन रिलेसन्स’ सार्वजनिक भएको छ ।
सर्जकलाई लघुकथा पुरस्कार
हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली–३, काठमाडौँले विभिन्न लघुकथा सर्जकलाई पुरस्कार तथा सम्मान गरेको छ । केन्द्रद्वारा आयोजित पुरस्कार/सम्मान र पुस्तक लोकार्पण समारोहमा स्रष्टा महेश प्रसाईलाई एघार हजार १११ रुपियाँसहित ‘केन्द्र लघुकथा सम्मान’, प्राडा कपिल लामिछानेलाई एघार हजार १११ रुपियाँसहित ‘केन्द्र समालोचना सम्मान’ प्रदान गरिएको हो । त्यसै गरी सर्जक गङ्गा कर्माचार्य पौडेललाई पाँच हजार ५५५ रुपियाँसहित ‘केन्द्र लघुकथा नारी सम्मान’ र रमेन्द्र कोइराला पाँच हजार ५५५ रुपियाँसहित ‘योगनाथ बाँस्तोला लघुकथा सम्मान’ बाट सम्मानित हुनुभयो ।
मल्ल शताब्दी महोत्सव मनाइयो
समालोचक प्राडा वासुदेव त्रिपाठीले नाटककार, आख्यानकार तथा कवि विजय मल्लको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उहाँ नेपाली साहित्यको देदीप्यमान नक्षत्र भएको बताउनुभएको छ । नइ एकेडेमीद्वारा आयोजित ‘विजय मल्ल शताब्दी महोत्सव’ को समापनका अवसरमा आइतबार वानीरा सङ्ग्रहालयमा आयोजित विशेष समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।
गुरुङ बस्तीमा घाटुको रौनक
गुरुङ संस्कृतिमा आधारित घाटुनाचले गाउँघरको रौनक बढाएको छ । घाटुले संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटक पनि आकर्षित गरेको छ । गुरुङ गाउँमा वैशाख पूर्णिमामा सुरु भएको घाटुनाच पञ्चमीमा विसर्जन गरिन्छ । मस्र्याङ्दी–३, ढङ्गैका पूर्ण गुरुङले घाटुनाचले गाउँमा रौनक थपेको बताउनुभयो । उहाँका अनुसार घाटु हेर्न मस्र्याङ्दी गाउँपालिकाको सन्जापु, मिप्रा, घनपोखरा, सिलढुङ्गादेखि पाहुना आएका छन् ।
‘जहाँ छचल्किए भावना’ लोकार्पण
वरिष्ठ पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यको नियात्रासङ्ग्रह ‘जहाँ छचल्किए भावना’ लोकार्पण गरिएको छ । सोमबार आयोजित समारोहमा साहित्यिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूद्वारा संयुक्त रूपमा उक्त कृति लोकार्पण गरिएको हो । समारोहमा पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष एवं वरिष्ठ नियात्राकार प्रतीक ढकालले नियात्रा तथा नियात्राकारका सम्बन्धमा प्रकाश पार्नुभयो ।
पाण्डेयको कथा संग्रह ‘किनार’ बजारमा
साहित्यकार तथा लेखक पुष्पराज पाण्डेयले कथासङ्ग्रह ‘किनार’ बजारमा ल्याउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कथा संग्रहको लोकार्पण गरिएको छ । सो कृति शिखा बुक्सद्वारा प्रकाशन गरी बजारमा ल्याइएको हो।
मुस्ताङको पहिचान अब मूर्तिमा : शालिग्राममा कुँदिए भगवान र हिउँचितुवा
मुस्ताङको घरपझोङ गाउँपालिकाले सदरुकाम जोमसोममा आयोजित १५ दिने घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ ।
तामाङ समुदायमा घाटुनाच संरक्षण
मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठमा ऐतिहासिक घाटुनाच मेलासँगै घाँसे गीत प्रतियोगिता सम्पन्न भएको छ । घाटुनाच संरक्षण गर्दै आएको कैलाश गाउँपालिका–२ को कार्यालयले पहिलो पटक लोपोन्मुख अवस्थामा पुगेको घाँसे गीत र तामाङ फापरे ह्वाई गीत प्रतियोगिता आयोजना गरी सांस्कृतिक संरक्षणको सुरुवात गरेको हो ।
गोरखापत्रकर्मी पराजुलीलाई कविडाँडा कृति पुरस्कार
गोरखापत्रकर्मी बसन्त पराजुली कविडाँडा कृति पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ । कविडाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति ‘बखान’का लागि उक्त पुरस्कार प्रदान गर्न लागेको समाजका अध्यक्ष एल।बी। क्षेत्रीले जानकारी दिनुभयो ।
स्याङ्जा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान
पुतलीबजार नगरपालिका–१ मा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजना गरेको कृति लोकार्पण, स्रष्टा सम्मान तथा स्याङ्जा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान गरिएको छ । स्व. शिवकुमार अधिकारीको ८६ औँ जन्मजयन्तीको सन्दर्भमा आयोजित कार्यक्रममा स्याङ्जाली गायक, रचनाकार तथा सङ्गीतकार लोकनाथ सापकोटालाई पहिलो पटक मणि लोकसाहित्य पुरस्कार, पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीलाई रजस्थल युवा प्रतिभा पुरस्कारले सम्मान गरिएको हो ।
न्युजिल्यान्डतर्फ नेपथ्य
लोकरक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिनेभएको छ । नेपथ्यको टोली सोमबार न्युजिल्यान्ड प्रस्थान गर्दै छ । नेपथ्य ब्यान्डले यस पटक न्युजिल्यान्डको उत्तरवर्ती टापुमा रहेको अकल्यान्डमा दर्शकलाई झुमाउने छ । नेपथ्यले ‘ड्यु ड्रप इभेन्ट सेन्टर’ मा मे १० तारिख, आइतबार आफ्नो प्रस्तुति दिने छ । नेपथ्यले यसअघि पनि सन् २०१७ मा अकल्यान्डमै प्रस्तुति दिएको थियो
नइद्वारा विजय मल्ल शताब्दी महोत्सव समापन
समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उहाँ नेपाली साहित्यको देदिप्यमान नक्षत्र भएको बताउनुभएको छ ।
‘रेल घुम्यो घुम्तीमा’ को लिरिकल र्याप भर्जन
‘एक मुठी बादल’ को केही समयअगाडि सार्वजनिक भएको गीत ‘रेल घुम्यो घुम्तीमा’ को लिरिकल र्याप भर्जन सार्वजनिक गरिएको छ । जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रको सार्वजनिक टिजर, गीत र ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् ।
जोमसोममा चित्रकला र मूर्तिकला कार्यशाला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा जारी ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला’ सँगै शनिबारदेखि चित्रकला कार्यशाला थप गरिएको छ ।
कलामार्फत सशक्तीकरण र आत्मनिर्भर बनाउने प्रशिक्षण
अटिजम र ड्राउन सिन्ड्रोमलगायतका अपाङ्गता भएका महिला तथा बालबालिकालाई मिखाः (आँखा) ले विभिन्न कलात्मक सिपमार्फत सशक्तीकरण र आत्मनिर्भर बनाउने प्रशिक्षण प्रदान गरिरहेको छ । कलाकार सरिता डङ्गोलले स्थापना गर्नुभएको क्लासिक ग्यालरी अन्तर्गत सञ्चालन गरिएको मिखाः सिवि संस्थामार्फत विविध प्रकारका अपाङ्गता भएका महिलालाई चित्रकला, नृत्य, कडाइ (इम्ब्रोडरी), बुनाइ (क्रोसेट) कम्प्युटर बास्केटबल र स्पिच थेरापीलगायतका प्रशिक्षण दिएर आत्मबल बढाउने काम गरिरहेको बताउनुभयो । उहाँले डाउन सिन्ड्रोम अपाङ्गता भएकी रिता दुवाल र अन्य सहभागीले निकै चाख र एकाग्रताका साथ इम्ब्रोडरी सिकिरहेको बताउनुभयो ।
कलाकार रीता खनालको “क्रोसेट एण्ड निटिङ” कला प्रदर्शनी
अरुपण आर्ट ग्यालरीमा कलाकार रीता खनालको “क्रोसेट एण्ड निटिङ” कला प्रदर्शनी सञ्चालन भइरहेको छ । प्रदर्शनीमा कलाकार रीता खनालले आफ्नो मनका भावलाई सिर्जनात्मक लयमा कुरुस र विभिन्न रङ्गका उनका धागोबाट बुन्नुभएका कलात्मक सामाग्री प्रदर्शनीमा राखिएका छन् ।
दाङका थारू जहाँबाट फैलिए देशभर
दाङ देउखुरीमा स्वतन्त्र थारू राज्य थियो । राजा पुण्य मल्लको विसं १३९३ को कनकपत्रमा ‘हुम दाङका पेख अडै अधिकारी महर महतो सभौ प्रति’ अर्थात् हुम्लादेखि दाङसम्म प्रेरक्षक,
भासिएको स्वर (कथा)
परिचित ठाउँमा धेरै वर्षपछि जाँदा बिरानो जस्तो लाग्दो रहेछ । बाटोदेखि माथि केही पारिपट्टि सानो छाप्रो जस्तो दृश्यले मन खिच्यो । मनमा एक प्रकारकोे कौतूहलता जाग्यो । पहिला र अहिले कति फरक परेछ ? त्यहाँ जाने कसरी ?
आर्यजातिको आदिम प्रणाली
श्याम अधिकारीद्वारा लिखित ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ पुस्तक डिमाई साइजका १२३ पृष्ठ एवं लगभग ३६ हजार दुई सय शब्दमा समेटिएको छ । पुस्तक ऐतिहासिक म
अस्तित्व
समुद्रमा प्रवेश गर्नै लागेको नदी थरथरी कामिरहेको छ आज लल्याकलुलुक गलेको छ, अनि आभाष गरिरहेछ–