• २५ वैशाख २०८३, शुक्रबार

महिला समूहलाई बाजा प्रदान

blog

सर्लाही, वैशाख २५ गते । सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौली पच्छीहारी टोलमा स्थानीय महिला समूहलाई विभिन्न प्रकारका बाजा सामग्री प्रदान गरिएको छ । हरिवन २ नं. वडा कार्यालयले शिवचर्चा महिला समूहलाई बाजा सामग्री प्रदान गरेको हो । महिला समूहलाई ढोलक, क्यासियो, झमका, झामालगायतका बाजा सामग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । 

तराई/मधेशको मौलिक, धार्मिक परम्परालाई संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यले वडा कार्यालयका तर्फबाट सांस्कृतिक बाजा सामग्री प्रदान गरिएको वडाध्यक्ष अर्जुनकुमार योन्जनले जानकारी दिनुभयो । महिला समूहलाई वडाध्यक्ष योन्जन, वडा सदस्य मानबहादुर तामाङ (बाबुलाल), वडा सचिव गणेश धमलालगायत भएर बाजा सामग्री हस्तान्तरण गर्नुभएको छ ।