• २५ वैशाख २०८३, शुक्रबार

चिर्ने क्रममा लडेको काठ लागेर बालकको मृत्यु

blog

राजन रावत 

हुम्ला, वैशाख २५ गते । काठ च्यात्ने क्रममा काठको लडेको ( मुढा ) लागेर एक जना बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–८ फुचा गाउँ निवासी कविन्द्र बुढा रहेका छन् । मृतक बुढा उक्त वडाको निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा सातमा अध्ययनरत रहेको उक्त विद्यालयका शिक्षक ओमप्रसाद जैसीले बताउनुभयो । 

बिहीबार विहान ११ वजे आफ्ना भेडाबाख्रा चराउनका लागि सोही गाउँपालिका–८ को भुलभुले पानी भन्ने ठाउँमा लगेको समयमा बेलुका काठ चिर्ने कार्य गरी रहनु भएका सोही गाउँपालीका–८ का सुव्या सार्की र धुन शाहीले काठ चिर्ने क्रममा काठ पल्टाउदा तल लडेर जाँदा जंगलमा रहेका ती बालकलाई लागेको थियो । 

घटनास्थलमै बालकाको मृत्यु भएको शिक्षक जैसीले बताउनुभयो । माथिबाट खसेको काठ लागेपछि बालक एक सय मिटर तल सिप्का खोलामा खसेका थिए ।

जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थलमा पुगेर मृतक बालकको पोष्टमार्टमका लागि सिमिकोट लाने काम गरेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले जानकारी दिनुभयो । काठ चिर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।