शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २१ गते । लोकरक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिनेभएको छ । नेपथ्यको टोली सोमबार न्युजिल्यान्ड प्रस्थान गर्दै छ । नेपथ्य ब्यान्डले यस पटक न्युजिल्यान्डको उत्तरवर्ती टापुमा रहेको अकल्यान्डमा दर्शकलाई झुमाउने छ । नेपथ्यले ‘ड्यु ड्रप इभेन्ट सेन्टर’ मा मे १० तारिख, आइतबार आफ्नो प्रस्तुति दिने छ । नेपथ्यले यसअघि पनि सन् २०१७ मा अकल्यान्डमै प्रस्तुति दिएको थियो । सो समय नेपथ्य ‘स्काई सिटी थिएटर’ मा प्रस्तुत भएको थियो । कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा धु्रव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनुहुने छ ।