निफ ‘मेन इभेन्ट’ मा प्रवेश
आगामी चैत १९ देखि २३ गतेसम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलिचत्र महोत्सव’ भन्ने नाराका साथ फ्युचर फर्वार्ड थिममा आयोजना हुन लागेको महोत्सवको प्राविधिक र व्यवस्थापकीय पक्षलाई आयोजक समितिले अन्तिम रूप दिएको हो ।
पलेँटीमा गुञ्जायमान खरेल
नेपालयको ‘आर’ शालामा दार्जिलिङका गायक तथा सङ्गीतकार दुर्गा खरेलको साङ्गीतिक कार्यक्रम पलेँटी सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुत गरिएका गीतको छनोट दुर्गा खरेलले आफ्नो बाल्यकालको सम्झनाका आधारमा गर्नुभएको थियो ।
मेलामा पाँच लाखभन्दा बढी दर्शक
पर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोक सांस्कृतिक आधार भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपद्वारा आयोजित १३ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८२ सम्पन्न भएको छ । मेला काठमाडौँमा उद्घाटन भई पाँचखाल, पोखरा, बुढानीलकण्ठ, वसन्तपुर र पाटन दरबार क्षेत्रलगायत विभिन्न स्थानमा विविध सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको थियो ।
उत्तरवर्ती नेपाली कविताको स्वरूप
साहित्यका विभिन्न विधामध्ये कविता सर्वाधिक व्याप्ति प्राप्त गरेको विधा हो र यो चेतना प्राधान्य विधा पनि हो । चेतनाको विधा किन भनिएको हो भने यसको सम्बन्ध भाव, विचार र रा
लीलबहादुर क्षत्रीका नाटकमा पहिचानको मुद्दा
नेपाली साहित्याकाशका समुज्ज्वल नक्षत्र लीलबहादुर क्षत्री (सन् १९३३–२०२५) ले साहित्यका सबै विधा (कविता, आख्यान, नाटक र निबन्ध) मा कलम चलाएका छन् । उनी मूलतः आख्यानका
दीपक खरेलको एकल साँझ हुने
गायक तथा सङ्गीतकार दीपक खरेलको पहिलो बृहत् अर्केस्ट्रासहितको एकल साँझ ‘इकोज अफ इटरनिटी’ चैत २७ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने भएको छ । कार्यक्रममा खरेलले आफ्ना कालजयी ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘यो कर्मभूमिको आँगनमा’, ‘प्रतीक्षा गर मेरी मायालु’, ‘बादल बनाइदेऊ’, ‘गरुँ कि मिठो भूल’ र ‘बिहानीको सिरेटोमा’ सहित १७ गीत प्रस्तुत गर्ने छन् ।
सर्जक सम्मान
नेपालका विशिष्ट विद्वान्, इतिहासविद्, लिपिविज्ञ धनवज्र वज्राचार्यको जन्मजयन्तीको अवसरमा विभिन्न सर्जक व्यक्तित्वलाई सम्मान गरिएको छ । ज्ञानगुन साहित्य प्रतिष्ठान, धनवज्र वज्राचार्य शोधसम्मान कोष र हिमालय प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टालाई विशिष्ट विद्वान् धनवज्र वज्राचार्य शोधसम्मान प्रदान गरिएको हो ।
मैदानको खेलाडी, मनको गायक
नेपाली सेनाबाट स्वैच्छिक अवकाश लिएका लेफ्टिनेन्ट कर्नेल डा. खेमबहादुर क्षेत्री साधना, साहस र सृजनाका प्रतिविम्ब हुनुहुन्छ । सैन्य पोसाकभित्र एउटा कठोर योद्धा, प्राज्ञिक क्षेत्रमा एक गहिरो अध्येता र कलाको मञ्चमा एक भावुक सर्जकका रूपमा उहाँ चिनिनुहुन्छ ।
दीपक खरेलको एकल साँझ ‘इकोज अफ इटरनिटी’ हुने
नेपाली सुगम संगीतका अमर स्वर दीपक खरेलको पहिलो वृहत् अर्केस्ट्रासहितको एकल साँझ ‘इकोज अफ इटरनिटी चैत्र २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ ।
विश्वशान्तिका लागि वज्रगुरु मन्त्रजप
विश्वशान्ति तथा मानव एकताको कामनासहित ताप्लेजुङमा आयोजना गरिएको वज्रगुरु मन्त्रजप पूजा सम्पन्न भएको छ । सदरमुकाम फुङलिङ बजारनजिक सुकेटार क्षेत्रमा आयोजना गरिएको तीनदिने मन्त्रजप पूजा सम्पन्न भएको हो । बौद्ध धर्ममा आधारित बृहत् पूजा वज्रगुरु मन्त्रजपको यस पटक सातौँ संस्करण आयोजना गरिएको हो । गएको बिहीबार सुरु भएको मन्त्रजप पूजा विविध धार्मिक गतिविधि गर्दै सम्पन्न भएको छ ।
बेल्जियममा वसन्त पराजुलीको उपन्यास ‘बखान’ को युरोपेली लोकार्पण
पत्रकार एवं आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ को युरोपेली लोकार्पण बेल्जियमको एन्टवर्प सहरमा आइतबार सम्पन्न भएको छ।
गुन्जिए तीन मुक्तक
मुक्तककार रामसुन्दर देउजा, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ र सुभद्रा अधिकारीले संयुक्त रूपमा मुक्तक सुनाएका छन् । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त मुक्तक वाचनमा प्रत्येक मुक्तककारले १५ थान मुक्तक सुनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले वर्तमान समयमा चतुष्पदीय हरफमा लेखिने मुक्तकले गहिरो भावको सूत्रात्मक अभिव्यक्ति दिने बताउनुभयो ।
फेसनमा प्रकृतिको चित्रण
नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसिएफटी) द्वारा आयोजित २० औँ ग्राजुएसन फेसन सो ‘विविधायन सौन्दर्यम्’ सिर्जना, कल्पना र कलात्मक अभिव्यक्तिको उत्कृष्ट उत्सवका रूपमा सम्पन्न भएको छ । झम्सीखेल, ललितपुरस्थित दी प्लाजा नेपालमा आयोजित उक्त कार्यक्रमले रनवेलाई प्रकृति र फेसनबिचको सम्बन्धलाई कथात्मक ढङ्गले प्रस्तुत गरेको छ । विविधायन सौन्दर्यम् अर्थात् विविधताबाट जन्मिने सौन्दर्यले सम्पूर्ण प्रस्तुतिको दार्शनिक आधार तयार पारेको भन्ने बुझिन्छ ।
दुई इतिहासकार सम्मानित
इतिहासको खोज, अनुसन्धान, लेखन, प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत प्राडा तुलसीराम वैद्य र प्रा. हेमन्तशमशेर राणालाई आइतबार राजधानीमा सम्मान गरिएको छ । लामो समयदेखि स्वास्थ्य उपचार गराइरहनुभएका प्राडा वैद्यको अनुपस्थितिमा उहाँकी छोरी टिना वैद्यलाई सम्मान हस्तान्तरण गरिएको थियो ।
नीलमको उपन्यास ‘राजमाता’ सार्वजनिक
पन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ । फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आज नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो ।
प्रा.डा. आचार्यलाई दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार
अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति लगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्रा.डा. जयराज आचार्यलाई अर्पण गरिएको छ ।
‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’
‘टीकापुर साहित्य महोत्सव–२०८२’ शुक्रबारदेखि सुरु भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको त्रिदिवसीय महोत्सव यस पटक ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित गरिएको छ । महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्तले साहित्य महोत्सवमा भाषा, साहित्य, समाज विज्ञानका विविध विषयमा हुने छलफलले विश्वविद्यालयलाई पनि सहयोग पुग्ने बताउनुभयो ।
थापा र श्रेष्ठ पुरस्कृत
संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई सूर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा आयोजित कार्यक्रममा कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले श्रेष्ठलाई नगद २५ हजार र कदरपत्रसहित सम्मान गर्नुभयो ।
वासु शशी स्मृति पुरस्कार प्रदान
कवि, नाटककार तथा साहित्यिक पत्रकार वासु शशीको ९० औँ जन्मजयन्तीका अवसरमा वासु शशी स्मृति परिषद्द्वारा आयोजित कार्यक्रममा विभिन्न साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।
गोरखापत्रकर्मी नेपाल सम्मानित
साहित्यिक संस्था अक्षरमार्गले शनिबार वसन्त काव्यगोष्ठी–२०८२ मा विभिन्न व्यक्तित्वलाई सम्मानित गरेको छ । अक्षरमार्गले पत्रकार तथा लेखक सुकृत नेपाल, कवि हरिसुन्दर छुकां र साहित्यकार मञ्जुश्री प्रधानलाई सम्मानित गरेको छ । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे, विशिष्ट अतिथि कवि स्नेह सायमि र वसन्त कविगोष्ठीका संयोजक तथा कवि सूर्यप्रसाद लाकोजूले सम्मानित गर्नुभएको हो ।
साहित्य, सौन्दर्यदेखि मृत्युको चिन्तन वहससम्म
कैलालीको टीकापुरमा जारी टीकापुर साहित्य महोत्सवको शनिबार दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । दोस्रो दिनको प्यानल छलफलमा नेपाली साहित्यको प्रबृत्ति, नेपाली चलचित्रले लिइरहेको बाटो, मृत्युबारेमा समेत बहस भएको छ ।
पत्रकार पराजुलीलाई ‘सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार’
गोरखापत्रकर्मी वसन्त पराजुली ‘सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।
कोशी प्रदेशस्तरीय कविता प्रतियोगितामा प्रेम नेपाल पहिलो
रामनवमी पर्वको अवसरमा पाँचथरको हिलिहाङ गाउँपालिकामा आयोजित कोशी प्रदेशस्तरीय कविता प्रतियोगितामा फिदिमका कवि प्रेम नेपाल प्रथम हुनु भएको छ ।
भृकुटी–अरनिको ओकु–बाहा कि कुर्पासी
फ्रान्सेली इतिहासकार प्रो. सिल्भा लेभीले तिब्बतको इतिहासबाट राजकुमारी भृकुटीलाई अंशुवर्माकी छोरी जस्तो इङ्गित गरेका तथा पाटनमा तीन/चार सय वर्ष पहिलेदेखि ढलौटको काम हुने भएको हुँदा अरनिको पाटनमा जन्मेका हुन सक्ने भनाइले इतिहासकारहरू अलमलिए । दुवै विभूतिका बारे इतिहासकार र लेखकहरूले आआफ्नै ढङ्गले प्रस्तुति गरे; जुन यसप्रकार छ :