• १४ कात्तिक २०८२, शुक्रबार

घुम्ती साहित्य उत्सवमा पुस्तक संवाद

blog

कास्की समाचारदाता

कास्की, कात्तिक १४ गते । अभिनेता राजेश हमालले पुस्तक ‘युगदेखि युगसम्म’ नितान्त जीवन र भोगाइका बारेमा लेखिएको बताउनुभएको छ । फाइनप्रिन्ट बुक्स र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवको अन्तिम सत्रमा हमालले पत्रकार अपिल त्रिपाठीसँग आफ्ना धेरै विगतका कुरा खोल्नुभएको हो । उहाँहरू बिचको कुराकानी ‘युगदेखि युगसम्म’ आधारित थियो । 

“यो पुस्तक मेरो जीवनी र मेरा जीवनका अनुभवका बारेमा हो । त्यसलाई हामीले नितान्त सत्यता, खुला हृदयका साथ अतिरञ्जित नगरिकन, फूलबुट्टा नभरिकन, हुबहु लेख्ने प्रयास गरेका छौँ,” हमालले भन्नुभयो । जीवनकालमा आफूसँग जोडिएका व्यक्तिको संवेदनशीललाई ख्याल गरी समावेश गरिएको हमालले प्रस्ट्याउनुभयो । 

फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवको पहिलो सत्रमा सुविन भट्टराईको पछिल्लो कृति ‘चमेलीको फूल बैजनी रुमाल’ पुस्तकमाथि लेखक भट्टराईसँग नायिका सनिशा भट्टराईले संवाद गर्नुभएको थियो । अर्को सत्रमा डा. नवराज केसीद्वारा लिखित स्वस्पर्शको स्पर्श पुस्तकमा आधारित रहेर लेखक डा. केसीसँग साहित्यकार उपेन्द्र पौडेलले संवाद गर्नुभएको थियो ।