मुसायरामा गुञ्जिए कविता
बज्म–ए–उर्दु नेपालको आयोजनामा नेपालगन्जमा ‘सहर–ए–सुखन’ को नामबाट भव्य मुसायरा (कवि सम्मेलन) सम्पन्न भएको छ । उर्दु फाउन्डेसन नेपालका अध्यक्ष कपिलवस्तु निवासी चर्चित उर्दुका वरिष्ठ सायर सहर महमुदको सम्मानमा कार्यक्रम आयोजना गरिएको बज्म–ए–उर्दु नेपालका अध्यक्ष सर्वर नेपालीले बताउनुभयो ।
नवीनबाबुको एकल फोटो प्रदर्शनी
फोटो पत्रकार नवीनबाबु गुरुङको एकल फोटो प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्डमा गुरुङले ड्रोनबाट खिच्नुभएको तस्बिर प्रदर्शन गरिएको छ ।
राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्क्रिप्ट आह्वान
शैली थिएटरको आयोजना र ओजस थियटरको सहकार्यमा १७औँ राष्ट्रिय बालनाटक महोत्सव हुने भएको छ ।
सांस्कृतिक महोत्सवमा थापाको प्रस्तुति
गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ मा गायक नारायण थापाले आफ्ना विभिन्न गीतको प्रस्तुति दिनुभएको छ । मायाले, खतरा होला नि, बरपिपललगायत आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकको मन जित्नुभएका गायक थापाका गीतमा दर्शक भरपुर रमाएका थिए ।
‘लेखिनु पर्छ भोगाइका कथा’
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले जति काम गरे पनि बाहिरबाट आलोचना मात्रै हुने गरेको बताउनुभएको छ ।
‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ प्रदान
वरिष्ठ स्रष्टा तथा गायक शम्भुकुमार मिलनको नाममा स्थापित शम्भु–निर्मला कला–साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ प्राडा वासुदेव त्रिपाठी तथा मीरा राणालाई प्रदान गरिएको छ । वरिष्ठ गायक तथा स्रष्टा शम्भुकुमार मिलनको पाँचौँ वार्षिक स्मृति दिवसका अवसर
नवीनबाबु गुरूङको ड्रोन फोटो प्रदर्शनी हुँदै
नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि ड्रोनबाट खिचिएका तस्बिरको विशेष फोटो प्रदर्शनी हुँदैछ।
तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल (मोटर गुड्ने) पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो।
प्रेम र बिछोडको कथा ‘धोका’
कलाकार प्रभाकरदेव शर्माको शब्द, सङ्गीत स्वर रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । प्रेममा असफल प्रेमीहरूमा समर्पित गर्दै गीत ल्याइएको हो । गीतमा एरेन्ज सुयोग सोताङले गर्नुभएको छ ।
प्रधानमन्त्री कार्की र संगीत प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको शिष्टाचार भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले आज शिष्टाचार भेट गर्नुभएको छ।
‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ सम्मेलन आयोजना
पर्वतीय क्षेत्रको अमूर्त संस्कृतिसँग सम्बन्धित रचनात्मक उत्पादनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले विशेष सम्मेलन आयोजना गरिएको छ । ‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ नाम दिइएको उक्त सम्मेलनमा नेपालको हिमाली क्षेत्र र चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाको प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल गरिएको थियो ।
प्रादेशिक ललितकला प्रदर्शनी तयारी सुरु
सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान/गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा माघ १५ देखि १९ गतेसम्म गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ । उक्त कुरा मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
दरबारमा चित्र तथा फोटो प्रदर्शनी
पाल्पा दरबार सङ्ग्रहालयपरिसरमा चित्रकला तथा फोटो प्रदर्शनी गरिएको छ । तानसेन गुठीको आयोजनामा दरबारपरिसरमा चित्रकला तथा फोटो प्रदर्शनी गरिएको हो ।
‘विवेचना’ सार्वजनिक
लेखक डिल्लीबहादुर बिसीको कृति ‘विवेचना’ सार्वजनिक गरिएको छ । एक कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ‘विवेचना’ समसामयिक समाज, राजनीति र जीवनका विविध पक्षलाई विचारप्रधान ढङ्गले प्रस्तुत गर्ने कृति भएको बताउनुभयो । उहाँले यस्ता कृतिले समाजमा वैचारिक बहसलाई बलियो बनाउने उल्लेख गर्नुभयो ।
‘भैरवभाव’ चित्रकला प्रदर्शनी सुरु
युवा कलाकार मुकेश श्रेष्ठको ‘भैरवभाव’ एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । दरबारमार्गस्थित ग्यालरी १०८ मा उहाँको भैरव शृङ्खलामा उपत्यकाका विभिन्न क्षेत्रमा स्थापित रक्षा र न्यायका देवताका रूपमा परिचित भैरवको चित्रकलाको प्रदर्शनी भइरहेका छन् ।
‘ज्यापू दाइ’ सार्वजनिक
ग्रान्डमास्टर दिवाकर महर्जन अभिनीत ‘ज्यापू दाइ’ शीर्षकको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । ललितपुरस्थित यलमुल गार्डेनमा आइतबार साँझ भएको कार्यक्रममा नेपाल भाषाको सो गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सो गीतमा निशा देसारको स्वर रहेको छ । चन्देश्वर महर्जनले रचना गर्नुभएको गीतमा जुगल डङ्गोलको सङ्गीत र सङ्गीत संयोजन रहेको छ ।
बिसीको पुस्तक ‘विवेचना’ सार्वजनिक
लेखक डिल्लीबहादुर बिसीको कृति विवेचना सार्वजनिक गरिएको छ ।
भरतपुरमा कविता तथा संस्कृति विमर्श गोष्ठी
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा चितवनको भरतपुरमा एकदिवसीय कविता तथा संस्कृति विमर्श गोष्ठी सम्पन्न भएको छ ।
साधारण सभा सम्पन्न
नेपाल भाषा सफू गुथिको साधारण सभा एक कार्यक्रम आयोजना गरेर सम्पन्न गरिएको छ । समाजसेवी, शिक्षाविद्, साहित्यकार हितकरवीर कंसाकारको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा कंसाकारले सफू गुथिले लेखक र पाठकबिच गर्दै आएको पुलको कार्य अति आवश्यक र प्रशंसनीय भएको बताउनुभयो ।
भैलो खेलेर ‘पाटीभात’ खाने चलन
जुम्लामा यतिबेला परम्परागत रूपमा खेलिँदै आएको भैलो सुरु भएको छ । पुसे औँसीदेखि पाँच दिनसम्म भैलो खेलिने चलन रहेको छ । जसलाई स्थानीय भाषामा ‘ए औँसी बार’ पनि भन्ने गरिन्छ तर पछिल्लो समय जुम्लामा पुस्तौँदेखि खेलिँदै आएको भैलो संस्कृति क्रमशः लोप हुँदै गएको छ ।
‘पलेँटी’ मा आभासको साङ्गीतिक प्रस्तुति
नेपालयको ‘आर’ शालामा हरेक अङ्ग्रेजी महिनाको अन्तिम साता आयोजना हुने ‘पलेँटी’ को आगामी शृङ्खलामा गायक तथा सङ्गीतकार आभासका साङ्गीतिक सिर्जना प्रस्तुत हुने भएका छन् । कार्यक्रमलाई सङ्गीतकार आभासले नै संयोजन गर्दै आउनुभएको छ । उहाँसँग सहगायनमा अभिज्ञा घिमिरेले साथ दिनुहुने छ ।
'एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ९एनएफपिजे०ले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधाका पाँच जना व्यावसायिक फोटो पत्रकारलाई सम्मानित गरेको छ ।
भुवा र भस्सोको रौनक सुरु
ए यो भुवो काँ जादो ? भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे.... भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेले यो भाका वाचन गर्ने गर्छन् ।
वात्स्यायनलाई वाङ्मय पुरस्कार
यस वर्षको सूर्यभक्त–पतनादेवी स्मृति वाङ्मय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको छ । ३३ हजार ३३३ रुपियाँ नगद राशि र सम्मानपत्रसहित वरिष्ठ व्यङ्ग्यकार वात्स्यायनलाई गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले पुरस्कार हस्तान्तरण गर्नुभयो ।