स्थापितलाई धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार
धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार रमेशकाजी स्थापित सम्मानित हुनुभएको छ । स्थापित गोरखापत्र नेपाल भाषा पृष्ठ तथा नेपाल भाषा टाइम्सको सहप्रकाशन ‘शुव्रmवाः तँसापौँ’ का संयोजक हुनुहुन्छ ।
वाचा (कविता)
हराएँ आफैँलाई र खोजिहेरेँ एकदिन व्यस्त चौबाटोमा, रोकिएँ गल्छेँडोमा
दार्जिलिङको मोहनी
झिसमिसे उज्यालोमा इलामको पशुपतिनगरमा पुगेर गाडी घ्याच्च रोकियो । साँझ ४ बजे ‘श्री जनज्योति मावि खुर्कोट’ को ब्यानर टाँगेर रातभरि गुडेको गुड्यै थियो गाडी । ११ र १२ कक्षाका
उँभौलीमा उभिँदा
मौलिक परम्परा, संस्कृति र जीवनशैलीका लागि परिचित छन्, किराँती । किराँत समुदायले प्राचीन समयदेखि नै प्रकृतिलाई जीवनको स्रोत मानेका छन् । नदी, वनजङ्गल, पहाड, हावा, माटो
विश्वलाई चखाउँदै नेपाली स्वाद
‘राजवैद्य’ का थुप्रै पुस्ताले मल्लकालदेखिका राजपरिवार र खानदान घरानाको नाडी छामेर रोग पहिचान गरे । जडीबुटी खोजे, कुटे र आयुर्वेद ज्ञानमा अब्बलता हासिल गरे तर त्यही ‘
गोरखापत्रकर्मी यादव सम्मानित
दी राइजिङ नेपाल अङ्ग्रेजी दैनिकका पत्रकार एवं मैथिली साहित्यकार अमरेन्द्र यादव प्रज्ञा मातृभाषा पुरस्कार–२०८२ बाट सम्मानित हुनुभएको छ । मैथिली भाषा र साहित्यको प्रवर्धनमा यादवले तीन दशकभन्दा बढी समय गर्नुभएको
उन्नाइस स्रष्टालाई प्रज्ञा पुरस्कार
नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्रलगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ समर्पण गरेको छ । नेपाल ललितकला प्रज्ञा–
अपाङ्गता भएकाहरुमा जलवायु परिवर्तनको असर चित्रकलामार्फत प्रदर्शनी
काठमाडौँ, वैशाख १८ गते । अपाङ्गता भएका व्यक्तिमा जलवायु परिवर्तनको असर चित्रकलामार्फत प्रदर्शनी गरिएको छ । राष्ट्रिय अदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान) को आयोजनामा शुक्रबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा सो चित्रकला आयोजना तथा प्रदर्शनी गरिएको हो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कान्छा कुमार (केके) कर्माचार्यले जलवायु परिवर्तनको असर नागरिकको जीवन, जीव जनावर लगायत भौतिक तथा अभौतिक सबैमा पर्ने भए पनि यसको सबैभन्दा बढी असर अपाङ्गता भएका नागरिकमा पर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा कार्यक्रममा चित्रकला पनि कोर्नुभयो । उहाँले भन्नुभयो, “आज यो कार्यक्रम मलाई मन परेको छ किनभने यस्तो कार्यक्रम विरलै हुन्छ । मौसम परिवर्तनले मानिस, जीव, जनावर लगायत भौतिक, अभौतिक सबैलाई असर पार्छ । तर, अपाङ्गता भएकालाई बढी असर पार्छ ।”सङ्घका अध्यक्ष प्रतिमा गुरुङले चित्रकलामा १४ जना अपाङ्गता भएका कलाकारले भाग लिनुभएको जानकारी दिनुभयो । जलवायु परिवर्तनको असरबाट यौनिक तथा अल्पसङ्ख्यक समुदाय सबैभन्दा बढी पीडित भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले सीमान्तकृत समुदायमा कसरी असर पर्छ ? यो चित्रकलाको माध्यमबाट प्रस्तुत गर्नुभएको छ । यसमा भाइबहिनीहरु जोडिनुभएको छ । हामी कसरी समाजमा जलवायु परिवर्तनको विषय न्यायको दृष्टिकोणबाट सम्बोधन गर्न सक्छौं ? अपाङ्गता भएकाको फरक–फरक चुनौतीलाई कलाको माध्यमबाट प्रस्तुत गरिएको छ ।”बाढीपहिरो, खडेरी लगायत विभिन्न प्राकृतिक प्रकोपबाट सीमान्तकृत एवम् यौनिक तथा अल्पसङ्ख्यक नागरिकको जीवनयापनमा गम्भीर असर पुग्ने गरेको उहाँको भनाइ छ ।
बानेश्वरमा साहित्यिक विमर्श : 'खुसीको गाउँ' उपन्यासमाथि समीक्षा
तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक विशेष समारोहका बिच 'रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार' अर्पण तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ।
समाजसेवी श्रेष्ठ र साहित्यकार सुवेदी पुरस्कृत
सीता-बालमुकुन्द पोख्रेल प्रतिष्ठान, काठमाडौँले समाजसेवी डा. विजयालक्ष्मी श्रेष्ठ र साहित्यकार उमा सुवेदीलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा राजधानीमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले श्रेष्ठ र सुवेदीलाई पुस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको हो ।
‘प्रेरणाका गुच्छा’ विमोचन
पूर्वसांसद बिजुला रायमाझीको कवितासङ्ग्रह ‘प्रेरणाका गुच्छा’ विमोचन गरिएको छ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्राडा जीवेन्द्रदेव गिरी र बाल सा
स्रष्टाः राज्यसत्ताको स्थायी प्रतिपक्ष विषयमा अन्तरक्रिया
चौथो राष्ट्रिय लेखक दिवसको अवसरमा नेपाली लेखक सङ्घ स्याङ्जाले “स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रिया तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
महिलाले मात्र ताने मत्स्येन्द्रनाथको रथ
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ महिलाले बिहीबार लगनखेलबाट तानेका छन् । रातो मत्स्येन्द्रनाथको रथको टुप्पोबाट नरिवल खसालेको भोलिपल्ट अर्थात् बिहीबार बिहानै रथलाई ल
१९ स्रष्टालाई प्रज्ञा पुरस्कार समर्पण
नेपाल प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ समर्पण गरेको छ।
‘काजी’ को पोस्टर सार्वजनिक
चलचित्र ‘काजी’ को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेतृ केकी अधिकारी प्रेमिल भावमा प्रस्तुत हुनुभएको छ । निर्माण टिमका अनुसार चलचित्र एक भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्ने प्रयास गर्छ ।
‘लालीबजार’ को प्रदर्शनमा रोक
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मङ्गलबार प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत निकायका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले यही वैशाख २२ सम्म चलचित्र प्रदर्शन रोक्न आदेशमा भनेको छ ।
शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर’ प्रदर्शनी
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगर अन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सिप कार्यक्रम अन्तर्गत ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी–२०२६’ बुधबारबाट सुरु भएको छ ।
बुख्याचा उत्कृष्ट
नेपाली सेनाले आयोजना गरेको लघुचलचित्र प्रतियोगिता–२०८३ मा ‘बुख्याचा’ उत्कृष्ट वृत्तचित्र घोषित भएको छ । उक्त प्रतियोगितामा सहभागी नौ वटा लघुचलचित्रमध्ये बुख्याचाले पहिलो स्थान हासिल गरेको हो । सैनिक सेवामा प्रवेश गरेसँगै द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका सैनिक जवानले वीरगति प्राप्त गरेपछि नाबालक छोरा र श्रीमतीले भोगेको अभिभावक वियोगको घटनालाई बुख्याचामा निकै मार्मिक रूपमा देखाइएको छ ।
अलौकिक चमत्कार (कविता)
मौन भए पनि बोलिरहे जस्तो अव्यक्त मनका भावना खोलिरहे जस्तो मनमोहक ‘गौरीशङ्कर’ प्रति
उत्तरा (कथा )
एसइई उत्तीर्ण भएकी निवेदिताले मिठो सपना देखेकी छिन् । एसइईपछि उनी उच्च शिक्षा अध्ययनका लागि इलाम आइन् । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसभित्र पस्दा मनमा बेग्लै खालको खुसी र कुतूहलले लुकामारी खेल्दै थियो ।
युवाको सक्रियतामा भजन साँझ
परम्परागत लोकभजन संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तम्घासका युवा सक्रिय देखिएका छन् । स्थानीय १८ जना युवाले स्वःस्फूर्त ‘रेसुङ्गा भजन साँझ’ गरिरहेका छन् । पहिलो चरणमा नगरभित्रका सबै प्रसिद्ध धार्मिक स्थलमा पुगेर भजन गाउने र बिस्तारै जिल्लाभर विस्तार गर्ने अभियन्ता निशेष श्रेष्ठले बताउनुभयो ।
महोत्सवको आकर्षण कला प्रदर्शनी
स्वयम्भू महोत्सवको मुख्य आकर्षण एकदिने कला प्रदर्शनी बनेको छ । बिजेश्वरी माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा नेपाली कला र संस्कृति प्रदर्शनी मात्र नभई युवा र स्थापित कलाकारबिचको संवाद पनि गरिएको थियो । सो कार्यक्रममा विद्यार्थीले बनाएका चित्र, रेखाचित्र, बुकमार्क र अन्य कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
मिथिला चित्रकला ‘हाम्रो साहस, हाम्रो कला’
दरबारमार्गस्थित ग्यालरी १०८ मा ‘हाम्रो साहस, हाम्रो कला’ शीर्षकमा मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । लैङ्गिक हिंसा र असमानता निम्त्याउने दाइजो प्रथा, बालविवाहको चुनौतीलाई चिर्न कलामार्फत जागरण फैलाउन सकिने सन्देश उक्त प्रदर्शनीले दिन्छ ।
रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित
साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।