• २५ वैशाख २०८३, शुक्रबार

थबाङमा प्रगतिशील सङ्गीत उत्सव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २५ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र रोल्पा कला साहित्य प्रतिष्ठानको सहआयोजनामा रोल्पा जिल्लाको थबाङमा प्रगतिशील सङ्गीत उत्सव सम्पन्न भएको छ । ‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उत्सवमा लुम्बिनी प्रदेशमा सभामुख तुलाराम घर्तीमगरले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा प्रगतिशील सङ्गीतकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

सो अवसरमा जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, मधु गुरुङ, कर्णबहादुर गौतम, भीम कुमाखी, डम्बर रोकायालगायतका कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा भीम कुमाखीद्वारा लिखित ‘युगका आवाज’ पुस्तकसमेत विमोचन गरिएको थियो ।