शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २९ गते । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ शुक्रबारबाट नेपाल तथा भारतका चलचित्र घरमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थको कथा प्रस्तुत गरेको छ ।
उदीप राणाथापा निर्देशित चलचित्रमा अभिनेतृ सुरक्षा पन्त प्रमुख भूमिकामा देखिनुभएको छ । चलचित्रका अन्य कलाकारमा प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनील थापाको अभिनय रहेको छ । फिल्म म्याग्नेट इन्टरटेनमेन्ट प्रोडक्सन हाउसद्वारा निर्माण गरिएको चलचित्रमा उमा थापा, उत्तम थापा र उदीप थापा निर्माता रहनुभएको छ ।