शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २७ गते । गीतकार डम्बर बिकेलको शब्द रचनामा नयाँ गीत ‘पानी पर्यो–३’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रिमेशकुमार थापाको सङ्गीतमा तयार भएको गीतमा मेलिना राई तथा राज सरगमको स्वर रहेको छ । गीतमा डिजे एनको सङ्गीत संयोजन रहेको छ भने साजन शाहले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ ।
ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको गीतलाई साहिल लामाले निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा सन्जना गुरुङ, करिश्मा शाही ठकुरी, शिशिर मगर, भवानी मगरलगायतका कलाकारले अभिनय गर्नुभएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंद्वारा छायाङ्कन गरिएको भिडियोमा शङ्कर बिकेको कोरियोग्राफी छ भने मिलन विश्वकर्माले भिडियोलाई सम्पादन गर्नुभएको हो ।