‘हरर’ विधामा बन्यो चलचित्र ‘मम्मी’
समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ ‘हरर’ विधामा तयार गर्नुभएको छ । नेपालमा यस विधालाई हेर्ने दर्शक भएता पनि प्राविधिक कठिनाइका कारण यस्ता चलचित्र निकै कम बन्ने गरेका छन् ।
नेपाली कलाकारको ‘फ्यान फलोइङ’ !
जीवन्त अभिनय, उत्कृष्ट नृत्य र द्वन्द्वबाट मात्र होइन, सामाजिक कार्यबाट पनि दर्शकको मनमष्तिस्कमा बस्न सफल हलिउड र भारतीय चलचित्र क्षेत्रका कलाकारले समग्र समाजलाई नै परिवर्तन गर्न सक्ने क्षमता राख्छन् ।
‘महाभोज’ बन्ने
सफल चलचित्र ‘पुजार सार्की’ निर्देशन गर्नुभएका दिनेश राउतले ‘महाभोज’ नामक चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
सुमनको लेखनमा ‘छेवैमा बस’
लोक आधुनिक गीत ‘छेवैमा बस’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
कुसुम शर्मा अभिनीत 'गैंडाकोटैमा' सार्वजनिक
अभियन्ता विष्णु तिवारीले आफ्नै रचना र गायनमा 'गैंडाकोटैमा' गीत सार्वजनिक गर्नुभएकाे छ ।
‘साली हो भाटु हो’ सार्वजनिक
गायक समीर आचार्य र गायिका अन्नु चौधरीको आवाजमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो ।
प्राइममा ‘बाटो : रोड टु डेथ’
चलचित्र ‘बाटो : रोड टु डेथ’ अमेजन प्राइम भिडियोलगायतमा स्ट्रिमिङ सुरु भएको छ ।
‘कर्मा र कुटुम्ब’ कीर्तिपुरमा गुञ्जिने
कर्मा ब्यान्ड र कुटुम्ब साङ्गीतिक समूह ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा मङ्सिर २२ गते शनिबार एकसाथ गुञ्जिने भएका छन् ।
गोविन्द भट्टको ‘जुनेली’ सार्वजनिक
लोकप्रिय गीतकार गोविन्द भट्टको पछिल्लो म्युजिक भिडियो ‘जुनेली’ सार्वजनिक भएको छ । आइतबार ‘गरिमा फिल्मस्’ मार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उहाँले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।
फ्रेन्ड्स सिनेमाज सञ्चालन
रुपन्देहीको बुटवलमा शुक्रबारबाट नयाँ हल ‘फ्रेन्ड्स सिनेमाज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
‘देशको पीडा विदेशको पीर’ सार्वजनिक
सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक गरिएको छ । स्वामी डा. केशवानन्द गिरीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो ।
नातिनातिना स्याहार्न अमेरिका !
अमेरिका ! एउटा सपनाको देश जहाँ हरेक नेपाली पुग्न चाहन्छन् । कस्तो छ अमेरिका ?
सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ पहिलो
शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ ले एक लाख नगद पुरस्कार जितेको छ ।
टिकटकमा चर्चा बटुल्दै‘बग्यो गण्डकी’
दीपकराज विश्वकर्माको नयाँ गीत ‘बग्यो गण्डकी’ ले टिकटकमा राम्रो चर्चा बटुलिरहेको छ ।
तीन साङ्गीतिक ब्यान्ड एकसाथ
तीन साङ्गीतिक ब्यान्ड ‘कुमा सागर एन्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एन्ड दी कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन् ।
चलचित्र ‘डोरी’ को शुभमुहूर्त
नेपाली चलचित्र ‘डोरी’ को शुभमुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ ।
‘बुलाकी’ बन्यो उत्कृष्ट चलचित्र
चलचित्र ‘बुलाकी’ यस वर्षको उत्कृष्ट चलचित्र बनेको छ ।
‘लाज शरणम’ मा बराल
‘पूर्णबहादुरको सारङ्गी’ का अभिनेता विजय बरालले अर्को चलचित्र ‘लाज शरणम’ को छायाङ्कन सुरु गर्नुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा कलाकारहरू सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न आग्रह गर्नुभएको छ ।
‘उनको स्वेटर’ को पोस्टर सार्वजनिक
विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको चलचित्र ‘उनको स्वेटर’ को औपचारिक रूपमा पोस्टर सार्वजनिक गरिएको छ ।
सुम्निमा पारुहाङ साँझमा झुमे दर्शक
धरानको धरान रङ्गशाला मैदान लामो समयपछि पूरै भरिएको थियो । एक दिनअघिदेखि नै धरानमा भारतका सिक्किम, दार्जिलिङ, सिलगुडीलगायतका स्थानबाट बाक्लो रूपमा दर्शक आइपुगेका थिए ।
‘नेपालमा सुटिङ गर्न उत्साहित हुने छु’
बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ, कबिर खान ।
तामाङ भाषाको‘ए ङाला ह्राङ्बा माया’
तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।