आस्थाका आधारमा नियुक्ति हुन हुँदैन : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल चलचित्र विकास बोर्ड स्वायत्त निकायका रूपमा विकसित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सरकार परिवर्तनसँगै बोर्डका पदाधिकारीले राजीनामा दिनुपर्ने र राजनीतिक आस्थाका आधारमा नयाँ पदाधिकारी नियुक्त हुने परम्पराले सम्पूर्ण चलचित्र क्षेत्रको विकास र प्रवर्धनमा असर पर्दै आएको जिकिर गर्नुभयो ।
नारायण थापाको स्वरमा ‘लाजै नमानी’
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक रोमान्टिक प्रेमिल ‘लाजै नमानी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन् । सार्वजनिक गीतमा मेलिना राई र नारायण थापाको स्वर रहेको छ । गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने विकास चौधरीले संगीत गरेका छन् ।
सङ्घर्षको कथा दोहोरीदेखि ब्युटी एकेडेमीसम्म
नेपाली लोकसङ्गीत क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएकी धनकुमारी थापा (सरु) सङ्गीतलाई जीवनमा अनिवार्य मान्नुहुन्छ । उहाँ नेपालमा पहिलो महिला दोहोरी साँझ खोल्ने व्यक्ति हुनुहुन्छ । हाल गीत/सङ्गीतसँगै उहाँ ‘हेयर एन्ड शीतल युनिसेक्स सैलुन र ह्यान्डिक्राफ्ट’ व्यवसायमार्फत रोजगारी सिर्जनामा संलग्न हुनुहुन्छ ।
‘जेरी अन टप’ ले छोयो ५१ दिनको कोसेढुङ्गा
नेपाली चलचित्र ‘जेरी अन टप’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । गत असोज ३१ गतेदेखि प्रदर्शन भएको ‘जेरी अन टप’ ले शनिबार सो कोसेढुङ्गा छोएको हो । उक्त चलचित्रले काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स सिटी स्क्वाएर, रन्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालीमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको उक्त चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।
‘मिठो मिठो बोली’ गीत सार्वजनिक
गायक, गीतकार तथा मोडल अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक भएको छ । उक्त गीतलाई लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गर्नुभयो ।
डा.पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन
गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा.सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को आज यहाँ एक समारोहबिच विमोचन गरिएको छ ।
मायाप्रेम र धोखा ‘तेरे इश्क मे’
मायाप्रेम र धोखा अहिले प्रायः चलचित्रमा देखिने कथावस्तु हुन् । चलचित्र ‘तेरे इश्क मे’ पनि पीडा, प्रेम र क्रोधलाई मिसाइएको प्रेमकथा हो । चलचित्रका दुई प्रमुख पात्र शङ्कर गुरुक्कल (धनुष) र मुक्ति (कृति सेनन्) को प्रेम सम्बन्ध कता मोडिन्छ भन्ने कौतूहलमै यो चलचित्र बगेको छ ।
‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत सार्वजनिक
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत सार्वजनिक भएको छ ।
कालो रात
मनको कुनैकुनामा जब पीडाको भुङ्ग्रो सल्किन्छ, त्यसले पोल्न थालेपछि मान्छे कि त मौन बस्छ कि त बर्बराउन थाल्छ । वनिताको मनमा त्यस्तै भुङ्ग्रोे सल्किएको थियो । पक्षाघातले थलिएका ससुरा समीरको
अपाङ्गता दिवसमा सडक नाटक प्रदर्शन
बुवाआमा अपाङ्गता भएका छोरालाई गाली गर्दै डोरीले बाँधेर मेलापात हिँड्छन । उनीहरूले उनलाई खान पनि दिएका हुँदैनन । सँगै रहेकी बहिनीलाई समेत
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।
नेता नैनसिंह महरको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक भएको छ।
जेनजी आन्दोलन र नारी सशक्तीकरण ‘बिगुल’
चलचित्र ‘बिगुल’ को फस्र्ट लुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
कृष्णदेव र भोला नाथको सहकार्यमा तयार भयो राधिका
नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक भएको छ। परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत् सार्वजनिक गरिएको हो।
‘काजी’ को प्रदर्शन मिति निश्चित
विपिन कार्की अभिनीत नेपाली चलचित्र ‘काजी’ को प्रदर्शन मिति निश्चित भएको छ । आगामी नयाँ वर्षलाई लक्ष्य गरी निर्माण टिमले शुक्रबार चलचित्रको फस्र्ट लुक पोस्टर सार्वजनिक गर्दै आउँदो चैत २७ लाई रिलिज मिति तोकेको हो ।
चलचित्र ‘हर्ष’ प्रदर्शनमा
नेपालका हलमा कलिउड चलचित्र ‘हर्ष’ र बलिउड चलचित्र ‘तेरे इस्क मे’ प्रदर्शनमा आएका छन् । एकता पौडेल निर्देशित ‘हर्ष’ पारिवारिक कथावस्तुमा आधारित छ ।
परान सासले होइन साथले चल्छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यले शुक्रबार नेपाली फिल्म ‘परान’ हेर्नुभएको छ ।
‘परालको आगो’ को छायाङ्कन
चलचित्र ‘परालको आगो’ को छायाङ्कन मङ्गलबार सम्पन्न भएको छ । निर्माण टोलीले छायाङ्कन सकिएको घोषणासँगै तीन फरक फरक ‘लुक्स’ का तस्बिर सार्वजनिक गरेको छ । गुरुप्रसाद मैनालीको चर्चित कथा ‘नासो’ सङ्ग्रहमा समावेश ‘परालको आगो’ माथि यो चलचित्र निर्माण गरिएको हो ।
शास्त्रीय र बहुभाषिक सङ्गीतमा उदाउँदै सरस्वती
शास्त्रीय सङ्गीतमा बलियो जग, १८ भाषामा गीत गाउने क्षमता र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली उपस्थितिका कारण सरस्वती खत्री नेपाली शास्त्रीय सङ्गीतका चिनिने नाम बन्नुभएको छ । सुर–सुधा समूहसँग करिब १० वर्षदेखि सक्रिय उहाँ ‘वैष्णव जन
‘थर एउटै घर एउटै’ सार्वजनिक
गायक तारा पौडेल श्रेष्ठको ‘थर एउटै घर एउटै’ सार्वजनिक भएको छ । ‘तारा पौडेल’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । गीतले जातीयता तथा एउटै घरको भावनालाई सरल र मार्मिक तरिकाले प्रस्तुत गरेको छ ।
रोमान्सदेखि एक्सनसम्म : धर्मेन्द्रको ६० वर्षको चम्किलो करियर
धर्मेन्द्रले करिब छ दशक लामो आफ्नो चम्किलो करियरमा २५० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभयो ।
बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सोमबार अपराह्न उहाँको आफ्नै निवासमा निधन भएको हो ।
गायक रत्नदीप चौधरी सम्मानित
दोस्राे ओपासना चलचित्र म्यूजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदीप चौधरी सम्मानित हुनुभएकाे छ ।