‘चलचित्र मेरो पनि कथा हो’
चलचित्र ‘लालीबजार’ बादी समुदायका महिलाको कथा भएकै कारण समुदायलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले चर्चा पायो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले बादी महिलाको भूमिका निर्वाह गर्नुभएको छ । शासकको शोषणमा परेकी एक आमाले आफ्नो सन्तानलाई शिक्षा ज्योति दिन गरेको सङ्घर्ष नै चलचित्रको मूल कथा हो ।
सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक
गायक सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक भएको छ । गायक श्रेष्ठकै शब्द तथा सङ्गीत रहेको उक्त गीत म्युजिक भिडियोमार्फत सार्वजनिक गरिएको हो । गीतमा अमोघ अर्याल र मीरा खड्काको अभिनय रहेको छ ।
तीन नेपाली चलचित्र प्रदर्शनमा
शुक्रबारबाट हलमा तीन नेपाली चलचित्र लालीबजार, गुरुआमा र मालती मङ्गले प्रदर्शनमा आएको छ । स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘लालीबजार’ बादी समुदायकी एक महिलाले छोरीको प्रतिष्ठा र जीविकोका लागि गर्ने सङ्घर्षको कथा बताउँछ ।
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्ने छः अभिनेत्री खड्का
अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रूपमा परिचित हुनुहुन्छ । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गर्नुभएकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ ले आम दर्शकमाझ परिचित गरायो । उहाँलाई ‘कुटुमा कुटु गर्ल’ भनेर उपनाम समेत दिइयो ।
‘लालीबजार’ प्रदर्शनमा
चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो ।
नेपालगन्जमा भारतीय कत्थक नृत्य प्रस्तुत
नेपाल–भारत सांंस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपालगन्जमा भारतीय राजदूतावासको सौजन्यमा एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने
नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउँदै दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । यस आदेशसँगै फिल्म आगामी शुक्रबार, अर्थात् वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ
अभिनयबाट विजयको राजनीतिमा छलाङ
छिमेकी भारतमा कलाकारप्रतिको ‘क्रेज’ थामिनसक्नुको छ । कलाकारलाई देवता झैँ पुज्ने भारतमा कलाकार बिरामी हुँदा वा दुर्घटनामा घाइते हुँदा उनीहरूको कामनाका लागि ठुला पूजा मात्र होइन व्रत नै बस्ने गरिन्छ ।
म्युजिक नाइट रनमा एक्सट्रिम इनर्जी पार्टनर
दोस्रो नेपालगन्ज १० के म्युजिक नाइट रनमा एक्सट्रिम इनर्जीले इनर्जी पार्टनरका रूपमा सहकार्य गरेको छ । यही वैशाख २५ गते राति ८ बजे हुने म्युजिक नाइट रन संगीत र दौडमार्फत समाजलाई एकतामा बाँध्ने र सहरलाई चलायमान गराउने अभियान रहेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनुभयो ।
न्युजिल्यान्डतर्फ नेपथ्य
लोकरक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिनेभएको छ । नेपथ्यको टोली सोमबार न्युजिल्यान्ड प्रस्थान गर्दै छ । नेपथ्य ब्यान्डले यस पटक न्युजिल्यान्डको उत्तरवर्ती टापुमा रहेको अकल्यान्डमा दर्शकलाई झुमाउने छ । नेपथ्यले ‘ड्यु ड्रप इभेन्ट सेन्टर’ मा मे १० तारिख, आइतबार आफ्नो प्रस्तुति दिने छ । नेपथ्यले यसअघि पनि सन् २०१७ मा अकल्यान्डमै प्रस्तुति दिएको थियो
‘राजा शिवाजी’ नेपालमा प्रदर्शन
बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ । फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले फिल्म नेपालमा उच्च सोसहित प्रदर्शनमा आएको जानकारी दिनुभयो । साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणको विषयमा फिल्म बनेको हो । फिल्म मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनीमा आधारित छ ।
‘रेल घुम्यो घुम्तीमा’ को लिरिकल र्याप भर्जन
‘एक मुठी बादल’ को केही समयअगाडि सार्वजनिक भएको गीत ‘रेल घुम्यो घुम्तीमा’ को लिरिकल र्याप भर्जन सार्वजनिक गरिएको छ । जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रको सार्वजनिक टिजर, गीत र ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् ।
सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र
पहिलो पटक मधेश प्रदेशमा आयोजित ग्रामीण चलचित्र महोत्सवको समापन गरिएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानले सर्लाहीको चन्द्रनगर गाउँपालिकासँग समन्वय गरी पर्यटकीयस्थल नाढीमनताल परिसरमा आयोजना गरेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको बिहीबार साँझ समापन गरिएको हो ।
‘बलियो दृश्य, फितलो अभिनय’
कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासङ्ग्रह नासोभित्रको उत्कृष्ट कथा हो, ‘परालको आगो’ । यस कालजयी कृतिलाई पहिलो पटक निर्देशक प्रताप सुब्बाले पर्दामा उतार्नुभएको थियो । त्यसबेला
‘काजी’ को पोस्टर सार्वजनिक
चलचित्र ‘काजी’ को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेतृ केकी अधिकारी प्रेमिल भावमा प्रस्तुत हुनुभएको छ । निर्माण टिमका अनुसार चलचित्र एक भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्ने प्रयास गर्छ ।
‘लालीबजार’ को प्रदर्शनमा रोक
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मङ्गलबार प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत निकायका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले यही वैशाख २२ सम्म चलचित्र प्रदर्शन रोक्न आदेशमा भनेको छ ।
‘लाली बजार’ को प्रदर्शन रोक्ने आदेशविरुद्ध चलचित्रकर्मी सडकमा
उच्च अदालत पाटनले चलचित्र ‘लाली बजार’ को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चलचित्रकर्मीहरू आन्दोलित भएका छन् ।
परालको आगो र सिर्जनाको रङ्गयात्रा
काठमाडौँको हात्तीगौँडामा जन्मिनुभएकी रङ्गकर्मी सिर्जना अधिकारी नेपाली नाट्य र चलचित्र क्षेत्रमा एक स्थापित नाम हो । उहाँको कला यात्राको जग विद्यालय जीवनमै बसिसकेको थियो । अग्रज रङ्गकर्मी अशेष मल्लका सडक नाटकबाट प्रभावित भएकी सिर्जनाले कक्षा ९ मा अध्ययनरत रहँदा आफ्नै काकाको प्रेरणा र आमाको प्रोत्साहनबाट अभिनयको श्रीगणेश गर्नुभयो । विद्यालयस्तरदेखि नै देशका विभिन्न दुर्गम जिल्लामा पुगेर सडक नाटकमार्फत सामाजिक चेतना फैलाएकी उहाँले पछि अनुप बरालको एक्टर्स स्टुडियोमा व्यावसायिक प्रशिक्षण लिएपछि आफूलाई एक परिपक्व कलाकारका रूपमा उभ्याउनुभयो ।
श्रेष्ठको एक दर्जन कविता वाचन
राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजनामा हरेक महिना हुँदै आएको ‘अविरल जनसाहित्य यात्रा’ को १०८ शृङ्खलामा डा. सावित्री श्रेष्ठका एक दर्जन कविता वाचन गरिएको छ । जनसांस्कृतिक महासङ्घकै सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा विभिन्न लेखक, साहित्यकार तथा साहित्यप्रमीको उपस्थिति रहेको थियो ।
सुरेन र सन्देशको सहकार्यमा ‘छेक्यो डाँडा कुहिरोले’
गायकद्वय सुरेन गौतम र सन्देश श्रेष्ठले संयुक्त रूपमा गीत ‘छेक्यो डाँडा कुहिरोले’ लाई नयाँ लोक रक शैलीमा प्रस्तुत गर्नुभएको छ । दुवैको सहकार्यले पुरानो सम्झना, मित्रता र नयाँ सङ्गीतिक प्रयोगलाई सरल र भावनात्मक रूपमा समेटिएको छ ।
कार्कीको नयाँ गीत ‘चमेली’
गायक प्रज्वल कार्कीको नयाँ गीत ‘चमेली’ सार्वजनिक भएको छ । मिलन भट्टराईको शब्द तथा सङ्गीत रहेको गीतमा कुशलसिंह निएलले सङ्गीत संयोजन गर्नुभएको छ । गीतमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीतमा भिडियोको प्रचारप्रसारका लागि ‘डान्स च्यालेन्ज’ को घोषणासमेत गरिएको छ । गीतमा उत्कृष्ट डान्स गर्नेलाई १५ हजार नगद राशि पुरस्कारका साथमा आगामी कुनै एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत प्रदान गरिने निर्माण युनिटले जनाएको छ ।
नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुर्याइने
नेपालका लागि चीनका नवनियुक्त राजदूत झाङ माओमिङको स्वागतार्थ बुधबार ‘वसन्तको स्वर : गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
छत्रपति शिवाजीको कथा ‘राजा शिवाजी’
भारतीय चलचित्र अभिनेता रितेश देशमुख अभिनीत तथा निर्देशित चलचित्र ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन हुने भएको छ । चलचित्रको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले चलचित्र भारतसँगै नेपालमा पनि प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्र प्रदर्शनकै दिन विशेष प्रदर्शनी हुने छ । भारतीय दूतावासका प्रतिनिधि, नेपाली सञ्चारकर्मी र सेलिब्रेटीको सहभागिता रहने छ ।
‘सारथि’ को शुभमुहूर्त
कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुने चलचित्र ‘सारथि’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायाङ्कनका लागि म्याग्दीको गुर्जाखानी प्रस्थान गरेको हो ।