• २५ कात्तिक २०८२, मङ्गलबार

ट्यालेन्ट हन्टबाट छ जना खेलाडी छनोट

blog

ट्यालेन्ट हन्टबाट छनोट भएका क्रिकेट खेलाडी ।

अविनाश चौधरी

धनगढी, कात्तिक २५ गते । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट छ जना खेलाडी छनोट गरेको छ । 

धनगढीमा दुई दिनसम्म आयोजना भएको ट्यालेन्ट हन्टबाट उनीहरूलाई आफ्नो टिमका लागि सुदूरपश्चिम रोयल्सले छनोट गरेको हो । टयालेन्ट हन्टबाट हिक्मत महरा रोयल्सको आइकोनिक खेलाडीको रूपमा छनोट हुनुभएको छ । 

उहाँले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्नु हुने छ । आइकोनिकबाहेक पाँच जना खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ । डेभलपमेन्ट टोलीमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैसी र अभिषेक कोेइराला छनोट हुनु भएको छ । 

ट्यालेन्ट हन्टमा तीन खेलाडीको सभागिता भएको थियो । जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरणमा गरेर खेलाडी छनोट गरेको थियो । बिट दी स्पिडमा हिक्मतले १३१ किलोमिटरको गतिमा बलिङ्ग गरेर आइकोनिक खेलाडी बनेको जनाइएको छ । यस्तै, १२५ किलोमिटरको स्पिडमा बलिङ गर्दै अभिषेक कोइराला दोस्रो हुनु भएको छ । 

सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, दीपक बोहरा, हेमन्त धामी, मिलन बोहरा, इशान पाण्डेय, टेक रावत, दीपेन्द्र थापा हुनुहुन्छ । यसैगरी, विदेशी खेलाडीमा स्कट कुग्गेलिन, जोस ब्राउन, कृष लिन र हर्मित सिंह सुदूरपश्चिम रोयल्समा छन् ।